आज महाशिवरात्री धुमधाम का साथ मनाइदै

सनराइजजेएन, २० फागुन, भगवान शिवको पूजा, आराधना गरेर धुमधामका साथ महाशिवरात्री पर्व मनाईंदै छ । फागुन कृष्णँ चतुर्दशीका दिन यस पर्व मनाइने गरिन्छ । 

शवजीको उत्पत्ति यसै रात भएको किम्बदन्ती छ । यसै रातको नामबाट यस चाडको नाम शिवरात्री हुन गएको धार्मिक मान्यता छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये यो महत्वपूर्ण पर्व भएको पुराणँमा उल्लेख छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने र संहार गर्ने तत्वले गर्दा पत्र विहीन भइ जीर्ण भइरहेका रुख, बिरुवा, झार उनकै शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको अर्को जनबिश्वाशसमेत छ । यस पर्वका दिन उपवास गरेर रातभर जाग्राम बसे सर्वसिद्धि प्रप्ति भएर भई यमलोक जानु नपर्ने समेत धामिक विश्वास छ ।

शिवरात्रीलाई शिवको अति प्यारो दिनका रुपमा पनि लिने गरिन्छ । यस दिन सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गएर शिवको दर्शन गर्ने गर्छन् । यस दिन शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्छ । विशेषगरी काठमाडौंको पशुपतिनाथमा भक्तजनको ठूलो मेला लाग्छ । 

पाल्पाको प्रभास, बराङ्दी, मालुङ्गाको उत्तरवाहिनी क्षेत्र, रुपन्देही पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा मन्दिर, स्याङ्जाको छायाक्षेत्र लगाएतका शिवालय मन्दिरहरु सझावटका साथ भक्तजनको सहयोग का निम्ति विशेष तयारि गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago