थापाले NRNA आईसिसि उपाध्यक्षमा उम्मेद्वार दिने ।

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) किरण थापाले एनआरएन आईसीसीको उपाध्यक्ष पदमा उम्मेद्वार दिने धोषण गरेका छन्।

एनआरएनएको एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक थापाले आफू यसको अधिवेशनमा उपाध्यक्षमा उम्मेदवार दिने बताएका हुन्। किरण थापा एसिया प्यासफिक क्षेत्रका दुई कार्यकालका संयोजक हुन्।

काठमाण्डौ जिल्लाका रैथाने थापा कर्ममा निरन्तरता र काममा दृढता राख्दछन । १९८८ देखि बिदेशमा ब्यबसाय गरीबसेका थापा हाल जापानमा एक्सपोर्ट र इम्पोर्टको ब्यबसायमा क्रियाशील छन । थापा यस बाहेक रेष्टुरेन्ट, ह्याण्डिक्राफ्ट लगायतको ब्यबसाय सचालन गरेका छनभने नेपालमा शिक्षा, जलविद्दुत इन्सुरेन्स, बैंक लगायतको क्षेत्रमा लगानी गरेका छन। 

२००६ मा पहिलो पटक एनआरएनए जापानको सदस्यता लिएका थापा एनसीसी जापानको सदस्य सहित २००७-२०११ सम्म अन्तराष्ट्रिय परिषद सदस्य, २०११-२०१३ एशिया प्रसान्त क्षेत्रको क्षेत्रीय उपसंयोजक, २०१५ देखि २०१९ सम्म दुइ-दुइ कार्यकाल सोहि क्षेत्रको क्षेत्रीय संयोजक रहेका छन्। 

यस पटक भने आईसिसि उपाध्यक्षमा आकांक्षी भएका छन् । आफ्नो कार्यकालमा संघका नियमित प्रोजेक्टहरुमा सपोर्ट, सहभागिता निरन्तर नै थियो। त्यस बाहेक फिलिपिन्समा क्षेत्रीय सम्मेलन, बालीमा बिजनेश सम्मेलन, जापानमा ६० औं कुटनैतिक संबन्धको उपलक्षमा बिशेष कार्यक्रम, मलेसिया, हङकङ र म्यान्मारमा क्षेत्रीय बैठकहरु नै आफ्नो पालाका बिशेष कामहरु सम्पन्न गरेको थापाले बताए ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago