टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) किरण थापाले एनआरएन आईसीसीको उपाध्यक्ष पदमा उम्मेद्वार दिने धोषण गरेका छन्।
एनआरएनएको एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक थापाले आफू यसको अधिवेशनमा उपाध्यक्षमा उम्मेदवार दिने बताएका हुन्। किरण थापा एसिया प्यासफिक क्षेत्रका दुई कार्यकालका संयोजक हुन्।
काठमाण्डौ जिल्लाका रैथाने थापा कर्ममा निरन्तरता र काममा दृढता राख्दछन । १९८८ देखि बिदेशमा ब्यबसाय गरीबसेका थापा हाल जापानमा एक्सपोर्ट र इम्पोर्टको ब्यबसायमा क्रियाशील छन । थापा यस बाहेक रेष्टुरेन्ट, ह्याण्डिक्राफ्ट लगायतको ब्यबसाय सचालन गरेका छनभने नेपालमा शिक्षा, जलविद्दुत इन्सुरेन्स, बैंक लगायतको क्षेत्रमा लगानी गरेका छन।
२००६ मा पहिलो पटक एनआरएनए जापानको सदस्यता लिएका थापा एनसीसी जापानको सदस्य सहित २००७-२०११ सम्म अन्तराष्ट्रिय परिषद सदस्य, २०११-२०१३ एशिया प्रसान्त क्षेत्रको क्षेत्रीय उपसंयोजक, २०१५ देखि २०१९ सम्म दुइ-दुइ कार्यकाल सोहि क्षेत्रको क्षेत्रीय संयोजक रहेका छन्।
यस पटक भने आईसिसि उपाध्यक्षमा आकांक्षी भएका छन् । आफ्नो कार्यकालमा संघका नियमित प्रोजेक्टहरुमा सपोर्ट, सहभागिता निरन्तर नै थियो। त्यस बाहेक फिलिपिन्समा क्षेत्रीय सम्मेलन, बालीमा बिजनेश सम्मेलन, जापानमा ६० औं कुटनैतिक संबन्धको उपलक्षमा बिशेष कार्यक्रम, मलेसिया, हङकङ र म्यान्मारमा क्षेत्रीय बैठकहरु नै आफ्नो पालाका बिशेष कामहरु सम्पन्न गरेको थापाले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…