“स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल”भन्ने मुख्य नाराका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानको दोश्रो अधिबेशन यही जुलाई १६ तारिकमा हुने भएको छ।
स्थापना कालदेखि जापानमा हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको कल्वले केही समय पहिले मात्रै पाँचौ मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि भव्यरुपमा सम्पन्न गरेको थियो।साथै हाईजिमा युथकल्व संगको सहकार्यमा फुटबल पनि सम्पन्न गरेको थियो।
स्थापना काल देखि नै जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने।प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुद संग सम्बन्धित क्षेत्रका लागि सहयोग गर्दै आएको छ।
बिशेष त बागलुंग जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा बिभिन्न पेशा ब्यबसायमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको यस क्लव छोटो समयमा नै जापानवासी नेपाली बीच लोकप्रिय हुदै गएको छ।
गल्कोट स्पोर्ट्स क्लव टोकियोका सम्पुर्ण सल्लाहकार,पदाधिकारी एवं शुभचिन्तक लगाएत सम्पुर्ण साधारण सदस्यहरुमा गल्कोट स्पोर्ट्स क्लव टोकियोको दोश्रो अधिबेशनमा उपस्थित भईदिनु हुन आयोजकले सादर अनुरोध गरेको छ।
अधिवेशन जुलाई १६ तारिक मंगलबारका दिन सिनओकोवुमा अबस्थित सोलमारी नेपाली रेष्टुरेण्टको मुरा हलमा दिनको २ बजेबाट शुरु हुने छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…