आउदो जुलाई १६ मा गल्कोट स्पोर्ट्स क्लव टोकियोको दोश्रो अधिबेशन ।

 “स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल”भन्ने मुख्य नाराका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानको दोश्रो अधिबेशन यही जुलाई १६ तारिकमा हुने भएको छ।

 स्थापना कालदेखि जापानमा हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको कल्वले केही समय पहिले मात्रै पाँचौ मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि भव्यरुपमा सम्पन्न गरेको थियो।साथै हाईजिमा युथकल्व संगको सहकार्यमा फुटबल पनि सम्पन्न गरेको थियो।

 स्थापना काल देखि नै जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने।प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुद संग सम्बन्धित क्षेत्रका लागि सहयोग गर्दै आएको छ।

 बिशेष त बागलुंग जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा बिभिन्न पेशा ब्यबसायमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको यस क्लव छोटो समयमा नै जापानवासी नेपाली बीच लोकप्रिय हुदै गएको छ।

 गल्कोट स्पोर्ट्स क्लव टोकियोका सम्पुर्ण सल्लाहकार,पदाधिकारी एवं शुभचिन्तक लगाएत सम्पुर्ण साधारण सदस्यहरुमा गल्कोट स्पोर्ट्स क्लव टोकियोको दोश्रो अधिबेशनमा उपस्थित भईदिनु हुन आयोजकले  सादर अनुरोध गरेको छ।

अधिवेशन जुलाई १६ तारिक मंगलबारका दिन  सिनओकोवुमा अबस्थित सोलमारी नेपाली रेष्टुरेण्टको मुरा हलमा दिनको २ बजेबाट शुरु हुने छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago