साइरन बजाउदै आगो निभाउन पुगेको दमकलमा पानि नै छैन

भविन्द्र गौतम १९ चैत्र, पाल्पा , बिजुली सर्ट भइ कपास उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको  छ । पाल्पाको तानसेन ७ काजिपौवा रहेको भगवती कपास उध्योगमा बिजुली सर्ट भइ आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए अनुसार ३ जना कामदार काम गरिरहेको अवस्थामा उक्त घटना घटेको भएता पनि कुनै मानवीय क्षति भएको छैन । आगलागीका कारण करिब १६ लाख बराबरको मेसिन औजार, माल सामान जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक अजयप्रसाद चौधरीले जानकारी दिए । 

आगलागी हुनासाथ स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।पानी नभएको दमकल : तानसेन नगरपालिकाको मातहतमा रहेको अत्यावस्यक सुरक्षा साधन साइरन बजाउदै आगो लागेको ठाउमा पुगेको दमकलमा पानी नै थिएन । आगो लाग्नासाथ खबर गर्दा पनि नगरपालिका कार्यालय बाट ४ किलोमीटर टाढा रहेको ठाउँमा पुग्न झन्दै एक घन्टा लागेको थियो । ५५ सय लिटर क्षेमताको दमकलमा करिब दुइसय लिटर पानी पनि नलिइ पुग्दा स्थानीयको अगाडि रमिते बन्यो । आगो निभाउन पुगेका हरि थापा भन्छन “नजिकै भएर पनि धेरै ढिला आउनु र दमकलमा पानी नै नहुदा धेरै क्षेती भयो समयमै पानी लिएर आएको भए धेरै क्षेती हुनबाट जोगिने थियो”   

आगोलागी जुन्सुकै बेला पनि हुन सक्छ अत्यावश्यक सुरक्षा साधन लाई दक्ष प्राबिधिक सहित चुस्त अवस्थामा राख्न आवस्यक छ ।

Bishawas Acharya

Recent Posts

बालेनको जितमा ओलीको हार्दिक बधाई: ‘तपाईंको कार्यकाल सफल रहोस्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…

56 years ago

देउवाको किल्ला डडेल्धुरामा रास्वपाको झण्डा, ताराप्रसाद जोशी विजयी

काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…

56 years ago

झापा–३ मा लिङ्देन पराजित, विजयी प्रकाश पाठकलाई बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी…

56 years ago

झापा–५ मा बालेन शाहको ऐतिहासिक जित, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतले पराजित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

56 years ago

रास्वपाले समानुपातिकतर्फ १० लाख मत कटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० लाख मत कटाएको छ।…

56 years ago

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली अग्रस्थानमा, काँग्रेसका जनकराज चौधरी पछ्याउँदै

कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…

56 years ago