सामाजिक सञ्जालमा पत्रकार लाई धम्किपुर्ण अभिव्यक्ति दिएको प्रति महासंघको ध्याकर्षण ।

जापान । समाजिक सञ्जालमा पत्रकारलाई गालि गलौज र धम्किपुर्ण अभिव्यक्ति अभिव्यक्ति दिएको प्रति प्रत्रकार महासंघ जापान शाखाले विरोध जनाएको छ ।

महासंघ जापान शाखाले आज एक विज्ञप्ती प्रकाशित गरि पछिल्लो समय विभिन्न विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा पत्रकारलाई गालि गलौज र धम्किपुर्ण अभिव्यक्ति दिएको प्रति ध्याकर्षण भएको जनाएको हो ।

हालै जापानमा सम्पन्न सुर्य अर्वाडका विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारका विषयलाई लिएर जोन छन्त्याल नामक फेसबुक एकाउन्टबाट महासंघका सचिव शन्त पहरी र सदस्य दिपक गौतमलाई गालि गलौजका साथै धम्किपुर्ण भषा प्रयोग गरिएको थियो ।

महासंघ अध्यक्ष मोहल घलेद्धारा हस्ताक्षरित विज्ञप्तिमा समाचार लेखेकै आधारमा भएका त्यस्ता गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेपका साथै प्रचतिलत कानुनको समेत उपहास भएको उल्लेख गरिएको छ ।

महासंघले घटनाको भर्तसना गर्नुका साथै उक्तकार्यमा संलग्न व्यक्तिलाई सार्वजनिक रुपमा माफि मागि प्रेस स्वतन्त्रताको सम्मान का साथै पत्रकारलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण सिर्जना गर्न समेत संम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago