धादिङ् समाज जापानले आयोजना गरेको ‘तीज धमाका तथा दरखाने कार्यक्रम २०१९’ भव्यरुपमा सम्पन्न भएको छ ।

टोकियो । शनिबार टोकियोको सिनओकुबोस्थित रोधी घरमा आयोजित कार्यक्रमलाई २ खण्डमा प्रस्तुत गरिएको थियो, पहिलो खण्डमा गरिएको औपचारिक कार्यक्रममा,संस्थाको अध्यक्ष कृष्ण खनालको सभापतित्वमा तमु धीँ जापानकी अध्यक्ष तथा अनआरएनए जापानकी उपाध्यक्ष अनिता गरुङ्को प्रमुख अातिथ्यता रहेको थियो भने, संस्थाका संरक्षक

 केशब अधिकारी तथा नेपाल पत्रकारमहासंघ जापान शाखाका अध्यक्ष मोहन घलेसंगै, एनआरएनए जापानका उपाध्यक्ष शिव प्रशाद पौडेलको  विशेष आतिथ्यता रहेको थियो । त्यस्तै, संस्थाका सल्लाहकारहरु राजेन्द्र श्रेष्ठ,राजकुमार अधिकारी,होम बहादुर रिजाल, टिकाराम रिजाल,पदम गुरुङ लगायतका व्यक्तित्वहरुको  पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रमको दोश्रो खण्ड,यानेकी सांगीतिक कार्यक्रममा भने नेपालबाट आउनुभएका लोकप्रिय गायक / गायिका द्वय,रबिन लामिछाने तथा टिका सानुका साथ,चेतन घर्ती मगर, सोना केसी, अमित सापकोटा, सुमुन्द्रराज  पौडेल तथा धादिङ्कै उदाउँदो प्रतिभा सुमित पाठकका सांगितिक प्रस्तुतीमा दर्शकहरु नाँचेका थिए । 

तीजको को बेलामा प्रदेशमा पनि खल्लोपना नहोस् तथा प्रवासमा पनि माईती तथा आफन्त छन् भन्ने आभास दिलाउँदै, , नेपाली चाडबाड एवं परम्पराको जगेर्नाका लागि आयोजित कार्यक्रममा धादिङेली मात्र नभई जापानबासी दिदीबहनीहरुको भव्य उपस्थिती रहेको थियो ।  कार्यक्रम, संस्थाको महासचिब बिमल श्रेष्ठ तथा संचारकर्मी राजन गौतमले संचालन गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago