धादिङ् समाज जापानले आयोजना गरेको ‘तीज धमाका तथा दरखाने कार्यक्रम २०१९’ भव्यरुपमा सम्पन्न भएको छ ।

टोकियो । शनिबार टोकियोको सिनओकुबोस्थित रोधी घरमा आयोजित कार्यक्रमलाई २ खण्डमा प्रस्तुत गरिएको थियो, पहिलो खण्डमा गरिएको औपचारिक कार्यक्रममा,संस्थाको अध्यक्ष कृष्ण खनालको सभापतित्वमा तमु धीँ जापानकी अध्यक्ष तथा अनआरएनए जापानकी उपाध्यक्ष अनिता गरुङ्को प्रमुख अातिथ्यता रहेको थियो भने, संस्थाका संरक्षक

 केशब अधिकारी तथा नेपाल पत्रकारमहासंघ जापान शाखाका अध्यक्ष मोहन घलेसंगै, एनआरएनए जापानका उपाध्यक्ष शिव प्रशाद पौडेलको  विशेष आतिथ्यता रहेको थियो । त्यस्तै, संस्थाका सल्लाहकारहरु राजेन्द्र श्रेष्ठ,राजकुमार अधिकारी,होम बहादुर रिजाल, टिकाराम रिजाल,पदम गुरुङ लगायतका व्यक्तित्वहरुको  पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रमको दोश्रो खण्ड,यानेकी सांगीतिक कार्यक्रममा भने नेपालबाट आउनुभएका लोकप्रिय गायक / गायिका द्वय,रबिन लामिछाने तथा टिका सानुका साथ,चेतन घर्ती मगर, सोना केसी, अमित सापकोटा, सुमुन्द्रराज  पौडेल तथा धादिङ्कै उदाउँदो प्रतिभा सुमित पाठकका सांगितिक प्रस्तुतीमा दर्शकहरु नाँचेका थिए । 

तीजको को बेलामा प्रदेशमा पनि खल्लोपना नहोस् तथा प्रवासमा पनि माईती तथा आफन्त छन् भन्ने आभास दिलाउँदै, , नेपाली चाडबाड एवं परम्पराको जगेर्नाका लागि आयोजित कार्यक्रममा धादिङेली मात्र नभई जापानबासी दिदीबहनीहरुको भव्य उपस्थिती रहेको थियो ।  कार्यक्रम, संस्थाको महासचिब बिमल श्रेष्ठ तथा संचारकर्मी राजन गौतमले संचालन गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago