टोकियोमा मिडिया म्यूजिकल मेला भब्य रुपमा सम्पन्न

टोकियो विश्वाश आचार्य । मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । 

मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा टोकियोमा आईतवार भव्य रूपमा सम्पन्न भएको हो । उक्त मिडिया म्यूनिकल मेला कार्यक्रममा ग़ैरआवासीय नेपाली संघ एशिया फ़्याशिफ़िक संयोजक किरणबिक्रम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा विशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आइसीसी सदस्य ओम गुरुङ ,दिनेश गुरुङ्,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी,महासचिव बुद्धिराज घिमिरे त्यस्तै अतिथिहरूमा ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ,जनप्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा,चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, नवलपरासी समाजका अध्यक्ष गोपाल कंडेल  , धादिङ समाजका अध्यक्ष कृष्ण खनाल,नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान,तमु धी जापानका अध्यक्ष अनिता गुरुङ ,दोलखा समाजका उपाध्यक्ष महेश खड़का,थकाली समाज जापानका अध्यक्ष बुद्धि शेरचन,नेपाल मगर संघ जापानका महासचिव सागर पुन मगर,मगर संघ कांतोंका अध्यक्ष रीत राना ,मिडिया म्यूजिकल मेलाका संयोजक बिजय थकालीको सभापतित्वमा सम्पन्न मेलामा मातृ सन्देश डट कम मिडियाको जानकारी र मन्तब्यबाट स्वागत प्रधान सम्पादक शान्त पहरी र कार्यक्रमको उद्घोषण पत्रकार राजन गौतमले गर्नु भएको थियो । औपचारिक उद्घाटन र सांस्कृतिक गरी दुई चरणमा सम्पन्न भएको थियो । 

सांस्कृतिक कार्यक्रम भने नेपालबाट आउनु भएकी गायिका रितु थापा मगर ,जापानमैं रहनु भएका गायक गायिका युवराज आचार्य,सूर्य खड़का,रामकृष्ण बम मल्ल,सोना केसी र चेतन घर्ती मगरको प्रस्तुति रहेको थियो । सो मिडिया म्यूजिकल मेला विभिन्न क्षेत्रका पत्रकारहरूको विशेष सहभागिता भव्य रूपमा सम्पन्न भएको थियो ।उक्त मेला राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया र कालिका कम्पनीको विशेष सहकार्यमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago