सदाचार प्रतिबद्धता कार्यान्वयन सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

फाल्गुन १७ । नारायणप्रसाद कोइराला, भैरहवा, पारदर्शी नेपाल सिद्धार्थनगरको आयोजनामा सदाचार प्रतिबद्धता कार्यान्वयन सम्बन्धी सर्वेक्षण प्रतिवेदन छलफल कार्यक्रम रुपन्देहीको सिद्धार्थनगरमा सम्पन्न भएको छ । 

पारदर्शी नेपाल सिद्धार्थनगरका अध्यक्ष मधुसुदन आचार्यको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यता एवम् रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी बैकुण्ठ प्रसाद सापकोटा र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीको विशिष्ट आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्राध्यापक उमेशचन्द्र रिजालले सर्बेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जिल्लाको सिद्धार्थनगर नगरपालीका, मालपोत कार्यालय र नापी कार्यलयमा विभिन्न ५४ जना सेवाग्राहिमा गरिएको सर्वेक्षणमा तिनै वटा कार्यलयमा गुनासाहरु धेरै रहेको पाइएको छ । 

कर्मचारीको काम गर्ने शैलि, नागरीक वडा पत्र र सो अनुसारको कार्य नभएको, कार्यस्थलमा काममा ढिलाई हुने गरेको आदि गुनासाहरु बढिमात्रामा देखिएको पाइयो । प्रतिवेदन अनुसार तिन वटा कार्यालय मध्य नगरपालीकामा केहि सन्तोषजनक कार्य भएको देखिन्छ । कार्यपत्र अनुसारको प्रश्न र उपस्थितहरुका सोधिएको प्रश्नको जवाफ सम्बन्धित कार्यलयका प्रमुखहरुबाट दिईएको थियो । सो अवसरमा जवाफ दिँदै मालपोत कार्यलयका प्रमुखले कर्मचारीको अभावका कारण कहिँ कतै ढिला सुस्ती भएको बताए उनले २१ जना ना.सुको दर्बन्दि रहेको कार्यलयमा हाल ७ जनामात्र रहेको गुनासो समेत सुनाए भने हाल बृद्ध, अपाङ्ग, अशक्त्तिहरुकालागि डोर टु डोर सेवा समेत पु¥याएको बताएका छन् । 

त्यस्तै सिद्धार्थनगर प्रमुखले प्रतिवेदनले राम्रा कामलाई कोड नगरी गुनासो मात्र पोखिएको बताए भने विद्युत प्राधिकरणका प्रमुखले पहिलाको तुलनामा सबै कार्यहरु छिटो र छरितो तरिकाले हुने गरेको छ र हाल विद्युत प्राधिकरण भैरहवा शाखामा कुनै पनि ग्राहकले आनायासै दुःख नपाएको समेत बताए । सो अवसमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारीले जिल्ला भित्र पूर्णरुपमा सुसासन कायम गर्न धेरै बाधाहरु रहेको बताउनु भयो उहाँले कानुनी अड्चन्, सुचना अधिकारीको अधिकार, साधन स्रोतको अभाव आदि कारणले पनि सुसासनलाई कार्यान्वयन गर्न बाधा सृजना गरेको बताए । 

बिचौलियाका कारणले जनताले दुःख पाएपनि उनिहरुलाई कानुनले अधिकार सम्पन्न बनाएको हुँदा गलत भन्न नपाईएको समेत गुनासो गरे । यस्तै विशिष्ट अतिथि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्षले देश अहिले अति भ्रष्ट्र राष्ट्रको रुपमा विश्वमा चिनिनाले सारा नेपालीलाई दुखित गराएको बताए उनले भने हाल नेपाल भ्रष्ट्र मुलुकहरुको १२३ औं स्थानमा रहेको जुन अति नराम्म्रो संकेत भएको कुरा उल्लेख गरे । साथै एक सर्वेक्षणमा भ्रष्ट्राचार गर्नेमा सबै भन्दा बढी राजनैतिक दल र तिनका कार्यकर्ता रहेको समेत जानकारी दिए । 

सोही अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एक राज विश्वकर्माले भ्रष्ट्राचारलाई जरै देखि उखाल्नको लागि नेपालको शिक्षा, स्वास्थ्य, बन, कृषि, जल आदिको क्षेत्रमा उल्लेख्य परिवर्तन गरी समाजिक सचेतना फैलाउनु पर्ने बताए । विचौलिया, दलालहरुले न लगानी, न मेहनेत गरी अकुत सम्पत्ती कमाए पनि त्यसको छानविन हुन सकेको प्रति सरकारको ध्यानाकर्षण गरेका छन् । कार्यक्रम संस्थाका उपाध्यक्ष दिनेश श्रेष्ठको स्वागत, जुनु ढकालले कार्यक्रमको औचित्य प्रष्ट परेकि थिईन् भने कार्यक्रम देविप्रसाद न्यौपानेले सञ्चालन गरेको थिए । सो अवसरमा जिल्लाका विभिन्न सरकारी निकायका प्रमुख, विभिन्न सामाजिक संस्थाहरुका अभियन्ताहरुको सहभागिता रहेको थियो ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago