पाल्पा समाज जापानको दोस्रो अधिवेशन सम्पन , अध्यक्षतामा निरन्जन गैरे ।

टोक्यो । बिभीन्न पेशा, व्यवसाय तथा अध्ययनका लागी जापान आएका पाल्पालीहरुको एकिकृत संस्था पाल्पा समाज जापानको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यहि डिसेम्वर ३१ सोमवार टोकियोको ओचुकामा भएको अधिवेशनवाट पुन: निरन्जन गैरेको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ ।

नयाँ कार्यसमितीको  उपाध्यक्षमा द्दय राजन गैरे र भरत ज्ञवाली,महासचिव वविन राना,सचिव उमेश अर्याल,कोषाध्यक्ष सुमन न्यौपाने, सहकोषाध्यक्ष अनिता पौड्याल सदस्यहरुमा बिनोद थापा,नवीन न्यौपाने,बिजन  कोईराला,गंगा लाल जि आर,डि पी बस्याल,जीवन न्यौपाने,कोपीला शर्मा,ज्ञान वहादुर क्याम्वु निर्विरोध चयन हुनुभएको छ ।बन्द शत्रमा निर्वाचन समितीले उम्मेदवारी दर्ता गर्नका लागी दिएको समयमा परेका उम्मेदवारीमा सवै पदहरुमा निर्विरोध भएपछि निर्वाचन समिती सदस्य गंगालाल जि आरले कार्यसमितीको नाम घोषणा गर्नुभएको थियो । पुन: निर्विरोध चयन हुनुभएका नव अध्यक्ष निरन्जन गैरेलाई निर्वाचन समिती संयोजक बिनोद आचार्यले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो भने अन्य पदाधिकारीहरुलाई प्रमुख अतिथी समाजका सल्लाहाकार उमेश गौचनले सपथ गराउनुभएको थियो । दोस्रो अधिवेशनमा अन्तराष्ट्रीय पाल्पाली समाजका संयोजक राजेश खनाल,समाजका सल्लाहाकार बसन्त पौडेल,स्यागंजा समाज जापानका अध्यक्ष सागर प्रसाद भण्डारीले शुभकामना मन्तव्य दिनुभएको थियो, समाजका अध्यक्ष निरन्जन गैरेको सभापतित्वमा सम्पन्न दोस्रो अधिवेशनको सन्चालन महासचिव राजन गैरेले गर्नुभएको थियो । नयाँ कार्यसमितीको  सपथ सकिए लगत्तै बसेको बैठकले तुल्सीराम बस्याल र उदय बस्याललाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ भने बाक़ी एक सचिव पदमा टोकियो बाहिरवाट नियुक्त गरिने अध्यक्ष गैरेले जानकारी दिएका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago