टोक्यो । बिभीन्न पेशा, व्यवसाय तथा अध्ययनका लागी जापान आएका पाल्पालीहरुको एकिकृत संस्था पाल्पा समाज जापानको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यहि डिसेम्वर ३१ सोमवार टोकियोको ओचुकामा भएको अधिवेशनवाट पुन: निरन्जन गैरेको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ ।
नयाँ कार्यसमितीको उपाध्यक्षमा द्दय राजन गैरे र भरत ज्ञवाली,महासचिव वविन राना,सचिव उमेश अर्याल,कोषाध्यक्ष सुमन न्यौपाने, सहकोषाध्यक्ष अनिता पौड्याल सदस्यहरुमा बिनोद थापा,नवीन न्यौपाने,बिजन कोईराला,गंगा लाल जि आर,डि पी बस्याल,जीवन न्यौपाने,कोपीला शर्मा,ज्ञान वहादुर क्याम्वु निर्विरोध चयन हुनुभएको छ ।बन्द शत्रमा निर्वाचन समितीले उम्मेदवारी दर्ता गर्नका लागी दिएको समयमा परेका उम्मेदवारीमा सवै पदहरुमा निर्विरोध भएपछि निर्वाचन समिती सदस्य गंगालाल जि आरले कार्यसमितीको नाम घोषणा गर्नुभएको थियो । पुन: निर्विरोध चयन हुनुभएका नव अध्यक्ष निरन्जन गैरेलाई निर्वाचन समिती संयोजक बिनोद आचार्यले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो भने अन्य पदाधिकारीहरुलाई प्रमुख अतिथी समाजका सल्लाहाकार उमेश गौचनले सपथ गराउनुभएको थियो । दोस्रो अधिवेशनमा अन्तराष्ट्रीय पाल्पाली समाजका संयोजक राजेश खनाल,समाजका सल्लाहाकार बसन्त पौडेल,स्यागंजा समाज जापानका अध्यक्ष सागर प्रसाद भण्डारीले शुभकामना मन्तव्य दिनुभएको थियो, समाजका अध्यक्ष निरन्जन गैरेको सभापतित्वमा सम्पन्न दोस्रो अधिवेशनको सन्चालन महासचिव राजन गैरेले गर्नुभएको थियो । नयाँ कार्यसमितीको सपथ सकिए लगत्तै बसेको बैठकले तुल्सीराम बस्याल र उदय बस्याललाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ भने बाक़ी एक सचिव पदमा टोकियो बाहिरवाट नियुक्त गरिने अध्यक्ष गैरेले जानकारी दिएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…