साउन १५ जापान :- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले २४ औँ विश्व आदिवासी दिवसविशेष कार्यक्रम आयोजना गरेर मनाउने भएको छ ।
उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान , मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा २४ औँ विश्व आदिवासी दिवस समारोह २०१८ कार्यक्रम तयारी तिव्र रुपमा भैरहेको कार्यक्रम संयोजक कर्मा वांगेल लमाले बताउनु भयो ।
विश्व आदिवासी दिवस अगष्ट ९ मा परे पनि विश्व भरिका आदिवासीहरुले अगष्ट महिनाभरि विभिन्न कार्यक्रम गरि मनाउने गर्छन । यस वर्ष जापानमा भने अगष्ट १२ मा औपचारिक कार्यक्रमसहित विभिन्न आदिवासी जनजातिको झाँकी,बिविध राष्ट्रीय जातीय मौलिक सांस्कृतिक नृन्त्य तथा साङ्गितिक प्रस्तुतिका साथ २४ औ बिश्व आदिवासी दिवस मनाउन गईरहेको नेफिन जापानले जनाएको छ ।
उक्त कार्यक्रमको दिन जापानवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि जनजाति महासंघ जापानले हार्दिक निमन्त्रणा गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…