जापानमा २४औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाउने

साउन १५ जापान :- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले २४ औँ विश्व आदिवासी दिवसविशेष कार्यक्रम आयोजना गरेर मनाउने भएको छ ।नेफ़िन जापानले विश्व आदिवासी दिवस समारोह २०१८ शिन ओकुवोको रोयल गार्डेन रेष्टुरेण्टको सभा हलमा विशेष कार्यक्रम गरि मनाउन लागेको संस्थाका अध्यक्ष टेक बहादुर (सुमनु )लिम्वुले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान , मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा २४ औँ विश्व आदिवासी दिवस समारोह २०१८ कार्यक्रम तयारी तिव्र रुपमा भैरहेको कार्यक्रम संयोजक कर्मा वांगेल लमाले बताउनु भयो ।

विश्व आदिवासी दिवस अगष्ट ९ मा परे पनि विश्व भरिका आदिवासीहरुले अगष्ट महिनाभरि विभिन्न कार्यक्रम गरि मनाउने गर्छन । यस वर्ष जापानमा भने अगष्ट १२ मा औपचारिक कार्यक्रमसहित विभिन्न आदिवासी जनजातिको झाँकी,बिविध राष्ट्रीय जातीय मौलिक सांस्कृतिक नृन्त्य तथा साङ्गितिक प्रस्तुतिका साथ २४ औ बिश्व आदिवासी दिवस मनाउन गईरहेको नेफिन जापानले जनाएको छ ।

उक्त कार्यक्रमको दिन जापानवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि जनजाति महासंघ जापानले हार्दिक निमन्त्रणा गरेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago