भरतपुर। चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा आज सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेण्ड रनरअप १९ वर्षकी अलिशाकली भएको छ ।
हात्तीको सरसफाइ, शृङ्गार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो । यस्तै हात्ती फास्टवाकबाट छ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा सहभागिता १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेको रेग्मीले बताउनुभयो । हात्ती पोलोअन्तर्गत आजको सम्पन्न खेल जित्दै होटल सेभेन स्टार फाइनलमा प्रवेश गरेको छ । एनआरएनए हङ्कङलाई १÷० गोल अन्तरले पराजित गर्दै सेभेर स्टार फाइनलमा पुगेको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…