पौष १५ , गोविन्द लामिछाने ,गैंडाकोट । एस.पी.एम कलेज गैंडाकोटले शनिवार एक समारोहका बीच १३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटकै पहिलो सामुदायिक कलेजको विकासमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने वचनवद्धतासमेत प्रकट गर्नुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य कलेजका सहायक प्राचार्य दिपेन्द्र पौडेलले गर्नुभएको थियो । साप्ताहिक रुपमा सञ्चालन गरिएका अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा कलेजको प्रगति प्रतिवेदन र भावी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख गोविन्दराज विनोदीले समुदायको शैक्षिक धरोहरको रुपमा कलेजलाई विकसित गर्दै लगिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शुभकामना राख्नुहुनेहरुमा गैंडाकोट वडा न. २ का वडाध्यक्ष धु्रवराम पौडेल, विकू बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष केशवप्रसाद सापकोटा, गैंडाकोट पम्पिंग स्कीम खानेपानी संस्थाका अध्यक्ष रामबहादुर खड्का, समाजसेवी तथा कलेज व्यवस्थापन समितिका सदस्य ओमप्रसाद सापकोटा, कलेज प्राध्यापक संघका सभापति शिवजी अधिकारी, कलेज व्यवस्थापन समितिका कोषाध्यक्ष बामदेव खनाल, कलेज व्यवस्थापन समितिका उपाध्यक्ष निलकण्ठ मरासिनी, प्रजातान्त्रिक प्राध्यापक संघका सभापति विनोद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण कलेजका सह प्राध्यापक माधवप्रसाद सिग्देलले गर्नुभएको थियो । करिब एक दर्जन सांगितीक प्रस्तुति रहेको सो कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको जानकारी सह प्राध्यापक गोविन्द रिमालले जानकारी दिनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…