सुर्यभक्त पतनादेबी मेमोरियल कलेज गैंडाकोटकै पहिलो सामुदायिक कलेज बन्ने

पौष १५ , गोविन्द लामिछाने ,गैंडाकोट    एस.पी.एम कलेज गैंडाकोटले शनिवार एक समारोहका बीच १३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटकै पहिलो सामुदायिक कलेजको विकासमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने वचनवद्धतासमेत प्रकट गर्नुभयो । 

कार्यक्रमको स्वागत मन्तव्य कलेजका सहायक प्राचार्य दिपेन्द्र पौडेलले गर्नुभएको थियो । साप्ताहिक रुपमा सञ्चालन गरिएका अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा कलेजको प्रगति प्रतिवेदन र भावी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख गोविन्दराज विनोदीले समुदायको शैक्षिक धरोहरको रुपमा कलेजलाई विकसित गर्दै लगिने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा शुभकामना राख्नुहुनेहरुमा गैंडाकोट वडा न. २ का वडाध्यक्ष धु्रवराम पौडेल, विकू बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष केशवप्रसाद सापकोटा, गैंडाकोट पम्पिंग स्कीम खानेपानी संस्थाका अध्यक्ष रामबहादुर खड्का, समाजसेवी तथा कलेज व्यवस्थापन समितिका सदस्य ओमप्रसाद सापकोटा, कलेज प्राध्यापक संघका सभापति शिवजी अधिकारी, कलेज व्यवस्थापन समितिका कोषाध्यक्ष बामदेव खनाल, कलेज व्यवस्थापन समितिका उपाध्यक्ष निलकण्ठ मरासिनी, प्रजातान्त्रिक प्राध्यापक संघका सभापति विनोद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण कलेजका सह प्राध्यापक माधवप्रसाद सिग्देलले गर्नुभएको थियो । करिब एक दर्जन सांगितीक प्रस्तुति रहेको सो कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको जानकारी सह प्राध्यापक गोविन्द रिमालले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago