सांस्कृतिक प्रस्तुती सहित तमुधी जापानले ल्होसार मनाउदै

टोक्यो नोबेम्बर ३० । जापानको जेठो संस्था मध्येको एक तमुधी जापानले आउदो जनवरी २ तारीकमा गुरुङ समुदायको नयॉ वर्ष ल्होसार विविध सांस्कृतिक कार्यक्रमगरी ल्होसार सॉझ २०१९ मनाउने भएका छन । 

टोकियोको सिन्जुकुमा ल्होसार मनाउने निर्णय भएको तमूधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभएको हो । हालै सम्पन्न तमूधीको बैठकले यस पटकको ल्होसार सम्पन्न गर्न उपध्यक्ष सौगत गुरुङको सयोजकत्वमा विविन्न उपसमिति गठन गरी ल्होसार मनाउने तयारी गरेको जानकारी तमुधी जापानले जनाएको छ । गुरुङहरुको पहिचान रहेको सांस्कृतिक प्रस्तुतीहरु सहित विविध कार्यक्रमगरी ल्होसार सॉझ २०१९ मनाउने संयोजक सौगत गुरुङले बताउनुभयो । 

ल्होसार साँझलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माणगरी कार्य विभाजन समेत गरिएको छ । जस अनुसार अतिथि सत्कार तथा स्वागत : हिमाली गुरुङ, वसन्ती गुरुङ, ईश्वर गुरुङ , दिनेश गुरुङ, अमर गुरुङ,  श्री गुरुङ, भीम गुरुङ रहनु भएको छ त्यस्तै रोधी सॉझमा प्रर्दशनी गरिने झाँकीको जिम्मा -पदम प्हच्यु गुरुङ, लिल गुरुङ, आरमान गुरुङ लाई दिईएको छ । 

सांस्कृतिक संयोजक अरमान गुरुङ आमन्त्रित तथा जापानमा रहेका कलाकारहरुको प्रस्तुति रहने जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago