गल्कोट समाज जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाका गर्ने

टोक्यो नोबेम्बर ३० । बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल “मुन्द्रे” र लोकप्रिय लोक तथा दोहोरि गायिका जुना श्रीष मगरको बेजोड प्रस्तुति रहने ।

प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै आइ रहेको समाजले यो बर्षपनि बिशेष कार्यक्रमको शंखघोष गरेको छ । यो बर्षको कार्यक्रम मार्फत गल्कोट क्षेत्रमा शैक्षिक जागरण अभियान प्याकेज संगै आखा उपचार केन्द्रको लागि भवन निर्माण गर्ने महत्वाकांक्षि योजना ल्याएको छ । कार्यक्रम डिसेम्बर ३० सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया, जनवरी २ टोकियोमा हुने छ ।

प्रबासमा रहेतापनि गल्कोट क्षेत्रको सर्बपक्षिय बिकाशको लागि हामी सदा हातेमालो गर्दै गल्कोट समृद्धिको मार्गमा अगाडी बढ्न हरेक पक्षबाट प्रबासी गल्कोटेहरु एक हिस्सा बन्न चाहन्छन भन्ने ज्वलन्त उदाहरण यो बन्ने छ, यो कार्यक्रमले गल्कोट क्षेत्रको शैक्षिक अबस्थालाइ अत्यन्त नजिकबाट अध्ययन गर्दै भविष्यमा आफ्नो स्थानबाट सकारात्मक परिवर्तनको लागि उचित पहल गर्न सहज हुने कार्यक्रम सयोजक भवानी पन्तले बताउनु भयो ।

यो कार्यक्रमको लागि गल्कोट नगरपालिका र तारा गाउपालिका संग प्रत्यक्ष समन्वय गरिरहेको र पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतास्थानीय निकायबाट ब्यक्त भएको समेत पन्तले बताउनु भयो । आखा उपचार केन्द्रको लागी भवन बनाउने र त्यहाँ आखा उपचार केन्द्रको सबै ब्यबस्थापन नेत्र ज्वति संघ बाग्लुंगको समन्वयमा हुने प्राध्यापक डाक्टर सल्मा केसीले बताउनु भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago