गल्कोट समाज जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाका गर्ने

टोक्यो नोबेम्बर ३० । बिगतका बर्षहरु जस्तै गल्कोट समाज जापानले यो आगामी अग्रेजी नया बर्ष २०१९को उपलक्षमा बिशेष सांगीतिक धमाका गर्ने भएको छ । सस्थाका महासचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल “मुन्द्रे” र लोकप्रिय लोक तथा दोहोरि गायिका जुना श्रीष मगरको बेजोड प्रस्तुति रहने ।

प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै आइ रहेको समाजले यो बर्षपनि बिशेष कार्यक्रमको शंखघोष गरेको छ । यो बर्षको कार्यक्रम मार्फत गल्कोट क्षेत्रमा शैक्षिक जागरण अभियान प्याकेज संगै आखा उपचार केन्द्रको लागि भवन निर्माण गर्ने महत्वाकांक्षि योजना ल्याएको छ । कार्यक्रम डिसेम्बर ३० सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया, जनवरी २ टोकियोमा हुने छ ।

प्रबासमा रहेतापनि गल्कोट क्षेत्रको सर्बपक्षिय बिकाशको लागि हामी सदा हातेमालो गर्दै गल्कोट समृद्धिको मार्गमा अगाडी बढ्न हरेक पक्षबाट प्रबासी गल्कोटेहरु एक हिस्सा बन्न चाहन्छन भन्ने ज्वलन्त उदाहरण यो बन्ने छ, यो कार्यक्रमले गल्कोट क्षेत्रको शैक्षिक अबस्थालाइ अत्यन्त नजिकबाट अध्ययन गर्दै भविष्यमा आफ्नो स्थानबाट सकारात्मक परिवर्तनको लागि उचित पहल गर्न सहज हुने कार्यक्रम सयोजक भवानी पन्तले बताउनु भयो ।

यो कार्यक्रमको लागि गल्कोट नगरपालिका र तारा गाउपालिका संग प्रत्यक्ष समन्वय गरिरहेको र पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतास्थानीय निकायबाट ब्यक्त भएको समेत पन्तले बताउनु भयो । आखा उपचार केन्द्रको लागी भवन बनाउने र त्यहाँ आखा उपचार केन्द्रको सबै ब्यबस्थापन नेत्र ज्वति संघ बाग्लुंगको समन्वयमा हुने प्राध्यापक डाक्टर सल्मा केसीले बताउनु भयो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago