राष्ट्रिय परिचयपत्र वितरण कात्तिकदेखि

काठमाडौँ, असोज १४ । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबारभित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए ।

स्थापनाको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले कात्तिकदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको हो । मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago