एनआरएनए को कार्यक्रम मा परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले माफि मागे

लम्जम्बर्ग :- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैर आबासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारको बिकास साझेदार भएको बताएका छन् ।

एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, व्यक्तिगत रुपमा कोहि जिम्मेबार साथीहरुको भनाईबाट तपाईहरुको चित्त दुखेको छ भने सरी भन्न चाहन्छु । तर नेपाल सरकारको आधिकारिक धारणा के हो भने म फेरि दोहोर्याएर भन्छु, तपाईहरु नेपालि नै हो अनि बिकासको पार्टनर पनि हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एनआरएनलाई भूपू नेपालीको अभिव्यक्ति दिएका थिए । उनले कानुन परिवर्तन गरेर विदेशी नागरिक भइसकेकाको पैत्रिक सम्पत्तिमा अंश नलाग्ने व्यवस्था पनि गर्छु पनि भनेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले पण्डितको नाम त लिएनन् तर, घुमाउरो भाषामा माफि माग्दै भने, ‘व्यक्तिगत कुराहरुलाई व्यक्तिगत रुपमा नै डिस्कार्ड गरीदिनु हुन म अनुरोध गर्दछु । यहाँहरुलाई आश्वस्त तुलाउन चाहान्छु, बाध्यताले जहाँ सुकै बस्नुहोस् तपाईहरुको स्टाटस जुनसुकै होस् । नेपालको विकासमा तपाईहरु महत्वपूर्ण साझेदार हो । साझेदारको हिसावले तपाईहरुलाई स्वागत गर्न नेपाल सरकार सदैव तयार छ ।

उनले संविधानमा व्यबस्था भए अनुसार गैर आबासीय नेपालीहरुलाई आर्थिक, समाजिक, साँस्कृतिक अधिकारसहित नागरिकताका दिलाउने प्रतिबद्दता ब्यक्त गरे । परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभूति गरेकाले त्यसलाई कुनै पनि हालतमा कटौती नगर्ने बताएका छन् ।

युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी भन्ने मुल नाराका एनआरएनको दुई दिने बैठकमा मन्त्री ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago