१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । प्रश्न छ कति ? यसले मोटरसाइकलको मूल्य बढ्ने त निश्चित छ ।
किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ ।
तर, बजेटले त्यही मोटरसाइकलको मूल्य बढाएको छ । यसमा ५ हजारदेखि ३० हजारसम्म मूल्य बढ्नेछ । ‘हेभी’ मोटरसाइकलको मूल्य त झन् १ देखि ५ लासम्मै बढेको छ ।
कुन सीसीमा कति बढ्यो ?
नयाँ करका आधारमा अब १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य स्वतः बढ्नेछ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो ।
तर, १५० सीसी भन्दामाथिका मोटरसाइकलको मूल्य भने अहिलेको तुलनामा निकैमाथि जानेछ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा २५० सीसीसम्मका मोटरसाइकलमा ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने बताउँछन् ।
उनकाअनुसार बढेको अन्तः शुल्क र सडक दस्तुर वृद्धिका कारण १५० सीसीभन्दा माथि र २५० सीसीभन्दा तलका बाइकमा ३० हजारसम्म मूल्य बढ्ने छ ।
त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजार महंगो हुनेछ ।
४०१ सीसीभन्दा माथिका मोटरसाइकलको हकमा भने १ लाखदेखि ५ लाखसम्म मूल्य बढ्नेछ । सीसी क्षमता जति बढी हुन्छ, त्यसैका आधारमा अन्तशुल्क लाग्ने भएकाले महंगा बाइकको मूल्य ५ लाखसम्म बढ्ने उनको भनाइ छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…