चितवनको चेपाङ बस्तीमा मितेरी कार्यक्रम सप्पन्न

गोविन्द लामिछाने बैशाख १७

चितवनको विकट र बिपन्न बस्ती चेपाङ बस्तीको सहयोगका निमित्त मितेरी कार्यक्रम सम्पन्न भएको छ ।फेन्सी ब्यबसायी संघ चितवन र फेन्सी साकोस चितवनको संयुक्त आयोजनामा मितेरी कार्यक्रमको आयोजना भएको हो ।कार्यक्रमका अध्यक्ष फेन्सी ब्यबसायी संघका अध्यक्ष बालकृष्ण पौडेलले राज्यको जिम्मेवारी लाई केही हदसम्म सम्हालेको र यी जिम्मेवारी राज्यले लिनुपर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी कालीका नगरपालिकाका अध्यक्ष खुमनारायण श्रेष्ठले स्वस्थ खानेपानी को निमित्त भएको सहयोगका निमित्त धन्यवाद ब्यक्त गर्नुभयो।नगर बिकासका लागी कर आबस्यक रहेको तर ब्यबसायीलाई मारमा पार्नु नहुने बताउनु भयो । सातसय जना चेपाङहरुले एस एल सी पास गरेको बताउनु भयो ।२० वटा सुन्दर डाडाको सुन्दर ब्यबस्थापन गर्न सके बिकास हुने बताउनु भयो ।नगरपालिकाले बिकास निर्माणमा कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

कार्यक्रम संयोजक कृष्ण कंडेल “पबित्र तिर्थ स्थल देबघाट धामको बैठक बाट गरीएको पबित्र कार्य करीब साढे आठलाख बराबरको सहयोगमा २३०० मिटर पायप ,स्वास्थ शिबिर ,र बालक सहयोग कार्यक्रम रहेको ,बताए ।”प्रकृतीले निशुल्क दिएको पानी र हावामा ,पानीबाट पनि बन्चित भएको चेपाङ बस्ती यो सहयोगले लाभान्वित हुने बिश्वास व्यक्त गर्नु भयो ।सो कार्यक्रममा स्थानीय कलाकार हरुले बिच बिचमा मनोरञ्जन प्रदान गरेका थिए ।उद्योग बाणिज्य संघका पुर्ब बरीष्ठ उपाध्यक्ष राजु श्रेष्ठले “बैज्ञानिक ढंगले कर उठाउनु पर्ने त्यसका लागी फेन्सी ब्यबसायी संघ र अन्य संबंधित निकाय लागी परी कर न्यूनीकरण गर्न जोडदार पहल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा आधारभूत बिधालय रतौलीका १८० जना विद्यार्थीहरुलाई झोला ,कपि ,किताब र ब्रस मन्जन सहयोग गरीएको थियोे ।स्वास्थ तर्फ भरतपुर स्थित नेशनल सिटी हस्पिटल(दन्त बिभाग )र चितवन मेडिकल कलेज कलेज अफ डेण्टल साइन्सले निशुल्क दन्त शिबिर सेवा प्रदान गरेको थियोे ।त्यस्तै भरतपुर सामुदायिक अस्पतालले निशुल्क स्त्री तथा प्रसुती सेवा प्रदान गरेको थियोे ।फेन्सी साकोसका अध्यक्ष प्रकाश गैरेले चेपाङ बस्तीको निरन्तर बिकासको लागी लागी परीरहने बताउनु भयो।गैरेले चेपाङ बस्तीमा होमस्टे संचालन गर्नका निमित्त पहल गर्ने समेत बताउनु भएको थियोे ।

चेपाङ समुदायको जिबन स्तर पहिले र अहिले कुनै परीबर्तन नभएको कालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष होम बहादुर डल्लाकोटीले बताउनु भयो ।जबसम्म चेपाङ समुदायलाई आफ्नो लागी आफै र भबिस्यका लागी आफै गर्नुपर्छ भन्ने धारणा बिकास हुदैन तबसम्म स्तर उन्नति नहुने अध्यक्ष डल्लाकोटीले बताउनु भयो ।कार्यक्रममा आगलागी पीडितलाई टिन सहयोग समेत गरीएको थियो ।उधोग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले मितेरी कार्यक्रम अन्तर्गत तेस्रो पटक उपस्थित भएको बताउनु भयो ।उद्योग बाणिज्य संगले चितवनको उद्योग बिकासका लागी निरन्तर लागी परेको बताउनु भयो ।

उधोग बाणिज्य संघले निजी क्षेत्रको तर्फबाट पनि राष्ट्र निर्माणमा लागीरहेको बताउनु भयो ।अहिलेको कर वृद्धिले सबै ब्यबसायीलाई असर पारेको ,त्यस समस्या निराकरणका लागी निरन्तर अगुवा भुमिका खेल्ने बताउनु भयो । कार्यक्रमका सहयोगी संस्था इम्पल्स कन्सल्टेन्सी चितवन का प्रमुख अर्जुन खनालले प्रत्येक बर्ष १ जना चेपाङलाई आफ्नो संस्थाले + २को अध्ययनका निमित्त सहयोग गर्ने घोषणा गर्नुभयो ।कार्यक्रममा युवा हस्ती प्याराग्लाइडिङ निर्माण गरी ४५ मिनेट निरन्तर उडाउन सफल सरोज चेपाङलाई समेत सम्मान गरीएको थियोे ।त्यस्तै गरी सो कार्यक्रम सम्पनका निमित्त सहयोग गर्ने संस्था र व्यक्तिहरुलाई समेत सम्मान गरीएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago