१० दिने हस्तकला तालिमको एक कार्यक्रमकाबीच समापन ।।

आँबुखैरेनी, १७,

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा जारी १० दिने हस्तकला तालिमको एक कार्यक्रमकाबीच आईतबार समापन गरिएको छ । वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आलेको अध्यक्षता तथा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ प्रमुख अथित्यतामा तालिमको समापन गरिएको हो । बेरोजगार महिलाहरुहरुलाई स्वरोजगार गराउने उद्देश्यले हस्तकला अन्तर्गत फूलमाला, गमला, ब्याज, झोला बनाउने तालिम संचालन गरिएको वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आलेले बताउनुभएको छ । हस्तकला तालिम समापन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, गाउँपालिकाका शाखा अधिकृत कृपा लौंडारी, वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर आले, २ का वडा अध्यक्ष कटक बहादुर थापा, वडा नं. ३ का सचिव ज्ञानेन्द्र श्रेष्ठ, गाउँपालिकाका आई टी अफिसर निरज श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पुष्पा देवी श्रेष्ठले तालिममा आफूले सिकेको सिपलाई व्यवहारमा उतार्न सके महिलाहरु आत्मा निर्भर हुनका लागि केही गाह्रो नभएको बताउनुभएको छ । बिध्या महर्जन र सपना तामाङ्गले प्रशिक्षण दिनुभएको हस्तकला तालिममा ३० जना महिलाहरुको उपस्थिती रहेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago