दुई कोरिया युद्ध अन्त्यको घोषणा गर्ने तयारी हुँदै

दक्षिण कोरिया। उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ ।

सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो । सो युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो । दुई कोरियाबीच युद्धविराम गरिएको, तर औपचारिक रुपमा युद्ध समाप्त भएको घोषणा गरिएको थिएन ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यी दुई कोरियालाई टुक्र्याएको उक्त युद्धको अन्त्य भएको घोषणा अहिलेसम्म नभएकाले यसै वर्षको अन्त्यतिर सो घोषणा गर्ने तयारी भएको छ ।

उत्तर र दक्षिण कोरियाबीच गएको वर्ष दिनदेखि सम्बन्धमा नाटकीय परिवर्तन आएको छ । यी दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताहरु पनि भएका छन् ।

सोमबार दक्षिण कोरियाली राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनले यहाँको संसदको बैठकमा दक्षिण कोरियाले कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेको सोमबार जानकारी दिनुभएको हो ।

त्यस घोषणाको क्रममा दक्षिण कोरियाले उपलब्धि पनि हासिल गर्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । गत अप्रिलमा सो युद्ध अन्त्यको घोषणा यसै वर्ष गर्ने विषयमा दुवै देशबीच सहमति भएको थियो ।

गत अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भएको भेटवार्ताका क्रममा यस विषयमा सहमति भएको बताइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago