इंडोनेशियाको सुलावेसी द्धिपमा गएको भुकम्प पछि आएको सुनामीमा परि ३८४ जनाको मुत्यु भएको छ । पछिल्लो जानकारी अनुसार सुनामीमा परि कैयौ घाइते भएका छन् भने कैयौ घरहरु हिलोमा परिणत भएको छ । इंडोनेशियामा शुक्रबार ७.५ म्यागनेच्युटको भुकम्पको झट्का महशुस गरीएको थियो ।
इंडोनेशियाको जिओफिजिक्स विभागका प्रवक्ताले शुक्रबार ७.५ रेक्टरको भुकम्प पछि सुनामी आएको पुष्टि गरेका छन् । यद्यपी, विभागले सुनामीको आफनो चेतावनी भने फिर्ता लिएको थियो ।
एक स्थानीय न्यूज च्यानलका अनुसार पालु शहरमा सुनामीका कारण समुन्द्रमा ६ फिट माथिसम्म छाल उठेको थियो भने यसपछि इलाकामा कैयौ भवनहरु ध्वस्त भएको खबर पनि खबर छ ।
विभागका प्रवक्ताले भुकम्पको इलाकामा सुनामीको पुष्टि गरेको छ । उनका अनुसार घटनाको बारेमा विस्तृत जानकारी जुटाउन प्रयासरत रहेको बताएको छ । यो सम्बन्धमा घटनास्थलको विषयमा पुर्ण जानकारी पश्चात मात्र पुष्टि जानकारी जुटाउन प्रयासरत रहेको बताएको छ । यो सम्बन्धमा घटनास्थलको विषयमा पुर्ण जानकारी पश्चात मात्र पुष्टि गरीने बताइएको छ ।
राहत एजेन्सिका प्रमुख मुहम्मद स्याउगीले बताए अनुसार नेशनल सर्च एण्ड रेस्क्यू एजेन्सिले ठुलो पानीको जाहज र हेलिकप्टर समेत राहत बचाउ कार्यमा लगाइएको जानकारी दिएका छन् ।
भुकम्पको केन्द्र प्रान्तीय राजधानी पालु भन्दा ८० किलोमिटर टाढा सतहभन्दा १० किलोमीटर गहिराईमा थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…