एनआरएनएका महत्वकाँक्षी परियोजना एनआरएनए डे को अवसरमा हस्तान्तरण गरिने

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोवर महिनामा हुने एनआरएनए डे अवसरमा महत्वपूर्ण परियोजनाहरु निमार्ण सम्पन्न गरि हस्तान्तरण गरिने भएको छ।

विश्वभरि छरिएका नेपालीहरुको सहकार्यमा निमार्ण गरिएको एनआरएनएको महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिन लागेको हो। एनआरएनए अध्यक्ष भवन भट्टका अनुसार लाप्राक वस्ती निमार्णको कार्य हाल तिव्र गतिमा भईरहेकाले एनआएनए डे कार्यक्रम पूर्व कुल पाँचसय ७३ घर मध्ये तीन सय ५२ घर पूर्ण तयारी भईसक्ने र बाँकी घरहरुपनि केही समयभित्र सम्पन्न गर्ने गरि कार्य भईरहेको जानकारी दिनुभयो।


हालैको तिव्र वर्षाका कारण तत्काल रोकिएको निमार्ण काम यतिवेला नेपाल आर्मीका एक सय पाँच जवान सहित ७५ जना स्थानियका सहितको टोलीेले गरिरहेको भएपनि थप तीनसय कामदारको टोलीले नमुना वस्तीलाई दशै अगावै सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। भवन निमार्णका लागि नेपाल आर्मीका थप जवान तथा तालिमका लागि घर बनाउन खटिने करिव तीन सयको टोलीले निमार्णका सम्पूर्ण काम सक्ने अध्यक्ष भट्टले दावी गर्नुभयो। वर्षाले रोकिएका कामलाई यसै साताबाट सुचारु गरीएको र आगामी दुई साता भित्र साढे तीनसय घरको काम पूर्ण रुपमा सकिने उहाँले जानकारी दिनुभयो।एनआरएनए भवन, सिन्धुलीगढी परियोजना र शंखमुल पार्क पनि सम्पन्न गरिने ।

यसैगरि अध्यक्ष भट्टले बहुप्रतिक्षित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको बालुवाटारमा निर्माणाधिन भवन पनि एनआरएनए डे अवसरमा उदघाटन गरिने तयारी गरिएको जानकारी दिनुभयो।
चार तल्ले भवन मध्ये चौथो तल्लामा कार्यालय रहने सो भवनलाई व्यवयासीक कम्पनीहरुसंगको सहकार्यमा भाडामा दिने गरि तयारी भईरहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो। यस्तै एनआरएनए डे कै अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टले घोषणा गर्नुभएको ऐसिहासिक सिन्धुलीगढी परियोजनालाई पनि सम्पन्न गरि हस्तान्तरण गरिने उहाँले बताउनु भयो।

टोकियोमा नेपाली संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा अध्यक्ष भट्ट काठमाडौँको शंखमुल पार्कमा निमार्णाधिन शंखमुल पार्क स्थानिय क्लवलाई हस्तान्तरण गरिने छ । यस्तै एनआरएनए डे अवसरमा एनआरएनए प्रसिडेन्सीयल अवार्ड अन्र्तगतको पर्यटन प्रवद्धनका भिडियो प्रतियोगितामा सहभागि ११० मध्ये उत्कृष्ट तीनलाई एकएकलाख नगद सहित पुरस्कृत गरिने तयारी गरिएको छ। यसैगरि नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका विषयमा देशव्यापी अन्तरविद्यालय स्तरिय निवन्ध प्रतियोगिता संचालन गरि पुरस्कृत गरिने छ भने राष्ट्रिय स्तरको डण्डिवियो प्रतियोगिता समेत आयोजना गरिने छ।

यस्तै एनआरएनए अध्यक्ष भवन भट्टले हालै धार्मिक तथा पौराणिक महत्वको जनकपुरको जानकी मन्दिरको रंगरोकन तथा सजावट कार्य सम्पन्न गरि आगामी विवाह पन्चमी अवसरमा हस्तान्तरण गरिने जानकारी दिनुभयो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago