एनआरएनएका महत्वकाँक्षी परियोजना एनआरएनए डे को अवसरमा हस्तान्तरण गरिने

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोवर महिनामा हुने एनआरएनए डे अवसरमा महत्वपूर्ण परियोजनाहरु निमार्ण सम्पन्न गरि हस्तान्तरण गरिने भएको छ।

विश्वभरि छरिएका नेपालीहरुको सहकार्यमा निमार्ण गरिएको एनआरएनएको महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिन लागेको हो। एनआरएनए अध्यक्ष भवन भट्टका अनुसार लाप्राक वस्ती निमार्णको कार्य हाल तिव्र गतिमा भईरहेकाले एनआएनए डे कार्यक्रम पूर्व कुल पाँचसय ७३ घर मध्ये तीन सय ५२ घर पूर्ण तयारी भईसक्ने र बाँकी घरहरुपनि केही समयभित्र सम्पन्न गर्ने गरि कार्य भईरहेको जानकारी दिनुभयो।


हालैको तिव्र वर्षाका कारण तत्काल रोकिएको निमार्ण काम यतिवेला नेपाल आर्मीका एक सय पाँच जवान सहित ७५ जना स्थानियका सहितको टोलीेले गरिरहेको भएपनि थप तीनसय कामदारको टोलीले नमुना वस्तीलाई दशै अगावै सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। भवन निमार्णका लागि नेपाल आर्मीका थप जवान तथा तालिमका लागि घर बनाउन खटिने करिव तीन सयको टोलीले निमार्णका सम्पूर्ण काम सक्ने अध्यक्ष भट्टले दावी गर्नुभयो। वर्षाले रोकिएका कामलाई यसै साताबाट सुचारु गरीएको र आगामी दुई साता भित्र साढे तीनसय घरको काम पूर्ण रुपमा सकिने उहाँले जानकारी दिनुभयो।एनआरएनए भवन, सिन्धुलीगढी परियोजना र शंखमुल पार्क पनि सम्पन्न गरिने ।

यसैगरि अध्यक्ष भट्टले बहुप्रतिक्षित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको बालुवाटारमा निर्माणाधिन भवन पनि एनआरएनए डे अवसरमा उदघाटन गरिने तयारी गरिएको जानकारी दिनुभयो।
चार तल्ले भवन मध्ये चौथो तल्लामा कार्यालय रहने सो भवनलाई व्यवयासीक कम्पनीहरुसंगको सहकार्यमा भाडामा दिने गरि तयारी भईरहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो। यस्तै एनआरएनए डे कै अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टले घोषणा गर्नुभएको ऐसिहासिक सिन्धुलीगढी परियोजनालाई पनि सम्पन्न गरि हस्तान्तरण गरिने उहाँले बताउनु भयो।

टोकियोमा नेपाली संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा अध्यक्ष भट्ट काठमाडौँको शंखमुल पार्कमा निमार्णाधिन शंखमुल पार्क स्थानिय क्लवलाई हस्तान्तरण गरिने छ । यस्तै एनआरएनए डे अवसरमा एनआरएनए प्रसिडेन्सीयल अवार्ड अन्र्तगतको पर्यटन प्रवद्धनका भिडियो प्रतियोगितामा सहभागि ११० मध्ये उत्कृष्ट तीनलाई एकएकलाख नगद सहित पुरस्कृत गरिने तयारी गरिएको छ। यसैगरि नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका विषयमा देशव्यापी अन्तरविद्यालय स्तरिय निवन्ध प्रतियोगिता संचालन गरि पुरस्कृत गरिने छ भने राष्ट्रिय स्तरको डण्डिवियो प्रतियोगिता समेत आयोजना गरिने छ।

यस्तै एनआरएनए अध्यक्ष भवन भट्टले हालै धार्मिक तथा पौराणिक महत्वको जनकपुरको जानकी मन्दिरको रंगरोकन तथा सजावट कार्य सम्पन्न गरि आगामी विवाह पन्चमी अवसरमा हस्तान्तरण गरिने जानकारी दिनुभयो।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago