जापानबाट मृगौला पिडीत बि.क लाई सहयोग ।

जापान भदौ १३ । दुबै मृगौला फेल भएर ऊपचारत पोखरा लेखनाथ नगरपालिका वडा.नंम्बर १९ का २८ वर्षिय दिपेन्द्र बि.क को ऊपचारका लागी जापानको टोकियोमा बसोबास गर्ने नेपालीहरूले आर्थिक सहयोग पठाऊनु भएको छ ।

जापानमा रहनु भएका पुरून्चौर १९ निवासी राजु पौडेल र सरला लम्सालको पहलमा रकम संकलन गरि बि. क लाई पठाईएको छ । जापानको टोकियोमा बसोबास गर्ने नेपालीहरूबाट संकलन भएको ६४ हजार ६ सय ४४ रूपैँया रकम पिडीत परिवारलाई क्यु एस रेमिट् मार्फत आज हस्तान्तरण गरिएको छ ।

आफ्नै गाऊँ ठाऊँमा बस्ने भाईलाई यस्तो भयानक रोग लागेको समाचार बाहिर आएपछि आफ्नो पहलमा सानो सहयोगले ऊहॉंको जिवन रक्षाका लागी केही योगदान पुग्न सक्छ भन्ने सोचले आर्थिक रकम संकलन गरेको पौडेलले बताऊनुभयो । टोकियोमा बसोबास गर्ने २७ जना नेपालीहरुले आर्थिक सहयोग गरेको पौडेलले जानकारी दिनुभएको छ ।

दुबै मृगौलाले काम नगरेपछि आर्थिक अवस्थाले डायोलोसिस गराऊने पैसा समेत नभएको अवस्थामा आफुलाई यसरी सहयोग प्राप्त भएकोमा बिरामी बि.क ले खुसी व्यक्त्त गर्नु भयो । यसैगरी ऊँहाले सहयोग गरिदिनुहुन सम्पुर्णलाई आग्रह गर्दै हालसम्म सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ ।

ऊहॉंको सहयोगका लागी नेपालमा पनि विभिन्न स्थानमा सहयोग रकम संकलन भईरहेको छ । नेपालमा सहयोग गर्न चाहानु हुनेले दिपेन्द्र ऊपचार सहयोगार्थ जनसेवा बचत सहकारिमा खोलिएको खाता नंम्बर # १०४०३० ३०० – २०२४८ # मा जम्मा गरिदिनसक्नुहुनेछ । साथै सिधै ऊँहालाई सहयोग गर्न चाहानुहुनेले सम्पर्क नंम्बर ९८१७७५२४५५ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago