जापानबाट मृगौला पिडीत बि.क लाई सहयोग ।

जापान भदौ १३ । दुबै मृगौला फेल भएर ऊपचारत पोखरा लेखनाथ नगरपालिका वडा.नंम्बर १९ का २८ वर्षिय दिपेन्द्र बि.क को ऊपचारका लागी जापानको टोकियोमा बसोबास गर्ने नेपालीहरूले आर्थिक सहयोग पठाऊनु भएको छ ।

जापानमा रहनु भएका पुरून्चौर १९ निवासी राजु पौडेल र सरला लम्सालको पहलमा रकम संकलन गरि बि. क लाई पठाईएको छ । जापानको टोकियोमा बसोबास गर्ने नेपालीहरूबाट संकलन भएको ६४ हजार ६ सय ४४ रूपैँया रकम पिडीत परिवारलाई क्यु एस रेमिट् मार्फत आज हस्तान्तरण गरिएको छ ।

आफ्नै गाऊँ ठाऊँमा बस्ने भाईलाई यस्तो भयानक रोग लागेको समाचार बाहिर आएपछि आफ्नो पहलमा सानो सहयोगले ऊहॉंको जिवन रक्षाका लागी केही योगदान पुग्न सक्छ भन्ने सोचले आर्थिक रकम संकलन गरेको पौडेलले बताऊनुभयो । टोकियोमा बसोबास गर्ने २७ जना नेपालीहरुले आर्थिक सहयोग गरेको पौडेलले जानकारी दिनुभएको छ ।

दुबै मृगौलाले काम नगरेपछि आर्थिक अवस्थाले डायोलोसिस गराऊने पैसा समेत नभएको अवस्थामा आफुलाई यसरी सहयोग प्राप्त भएकोमा बिरामी बि.क ले खुसी व्यक्त्त गर्नु भयो । यसैगरी ऊँहाले सहयोग गरिदिनुहुन सम्पुर्णलाई आग्रह गर्दै हालसम्म सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ ।

ऊहॉंको सहयोगका लागी नेपालमा पनि विभिन्न स्थानमा सहयोग रकम संकलन भईरहेको छ । नेपालमा सहयोग गर्न चाहानु हुनेले दिपेन्द्र ऊपचार सहयोगार्थ जनसेवा बचत सहकारिमा खोलिएको खाता नंम्बर # १०४०३० ३०० – २०२४८ # मा जम्मा गरिदिनसक्नुहुनेछ । साथै सिधै ऊँहालाई सहयोग गर्न चाहानुहुनेले सम्पर्क नंम्बर ९८१७७५२४५५ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago