मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची

काठमाडौं – मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो ।उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् ।

जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् । र, मन्त्री पद सम्हालेको केही दिनमै भन्न थालिन् ‘यो दशैँसम्म त मेलम्ची आउँछ ।’ तर उनको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उनी आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्ची पानीले चोखिने सम्भावना छैन ।मंगलबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा पटक–पटक सोधिएको प्रश्नमा मन्त्री मगरले मेलम्ची दशैँमा आउँछ भनेर भन्न सकिनन् ।बरु विषयवस्तुलाई अन्यत्र मोड्दै उनले आफू मन्त्री भएपछि मेलम्ची ल्याउन दिनरात खटिएको दावी गरिन् । अघिका मन्त्रीले काम नगरेकाले मेलम्ची ल्याउन अझै समय लाग्ने बताउँदै मन्त्री मगरले समस्या खानेपानी ऐनतिर तेस्र्याइन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago