पोखरा – सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेपछि पोखरा देखि लुम्बिनी रुटमा जगदम्बा ट्राभल्सको सुविधायुक्त बस सेवा सुरु हुने भएको छ । जुन बसमा जहाजको जस्तै सेवा सुविधा हुनेछन् भने बस होस्टेसले स्वागत गर्नेछन् ।
जगदम्बा ट्राभल्स प्रालिले यो रुटमा भदौ १५ बाट स्तरीय बस सेवासुरु गर्न लागेको बताइएको छ । घुम्ती नै घुम्ती भएको सिद्धार्थ राजमार्ग भारतीय नाका सुनौली र भैरहवालाई पोखरा जोड्ने स्तरीय बस सेवा थिएन । गत वर्षदेखि भने पोखरा भैरहवा रुटमा बुद्ध एयरले जहाज सेवा दिएको छ ।
७५-७५ लाखका २ बसपोखरा र भैरहवामा सेवा सुरु गर्न लागिएको जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।उनका अनुसार ‘१५ गते एउटा बस पोखराबाट भैरहवाका लागि छुट्छ र १७ गते भैरहवाबाट अर्को बस पोखराका लागि आउँछ ।
३० सिटमात्रै राखिएका लामो आकारको बसको एकतर्फी भाडा नेपालीका लागि २ हजार र विदेशी पर्यटकका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । जहाजको बिजनेस क्लासमा हुने जस्ता आरामदायी सिट भएका बसमा खाना, खाजा र पानी तथा चियाको सुविधा समेत रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…