काठमाडौंदेखि थाइल्यान्डसम्म गाडीमै जान पाइने, यस्तो छ रुट

काठमाडौंः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौता हुने भनिएको धेरै समय भयो । सबै सदस्य राष्ट्रहरु पारवहन सम्झौताका लागि तयार भएपनि अझै पारवहन प्रोटोकल टुंगिन बाँकी नै रहेको छ ।

युरोपियन युनियनकै शैलीमा प्रस्ताव गरिएको प्रोटोकलमा लामो समयदेखि छलफल भइरहेको छ । यो सम्झौता ठोस सहमति भएर कार्यान्यवनमा कहिलेबाट जान्छ भन्ने अन्योल पनि संगै आउने छ । यसपटकको बिमस्टेकमा पनि प्रोटोकलका विषयमा छलफल भने हुने भएको छ ।

बिमस्टेकको शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलबारे छलफल गर्न संयुक्त कार्यटोलीको बैठक बस्दैछ । बैठकको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् । बिमस्टेक राष्ट्रका बीचमा हुने पारवाहन प्रोटोकलको ड्राफ्ट बनिसकेको छ ।

मंगलबार काठमाडौंमा बस्ने कार्यटोलीको बैठकमा नेपालले प्रोटोकलको मस्यौदामाथि आफ्नो टिप्पणी राख्नेछ । अन्य देशले पनि मस्यौदामाथि आफ्ना धारणा र मागहरु राख्नेछन् । बंगलादेश र श्रीलंकाले मस्यौदामाथि टिप्पणी राखिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख केशवकुमार शर्माले बताए । नेपालले पनि औपचारिक धारणा राखिसकेको छ ।

भुटान लगायतका भुपरिबेष्टित मुलुकले यसमा विशेष सुविधाका लागि फरक किसिमका प्रस्तावहरु गरेका छन् । नेपालले बिमस्टेक सदस्य राष्ट्रको सडकमार्ग निःशुल्क प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ । यसमा अन्य सदस्य राष्ट्रहरुले भने सहमति दिएका छैनन् ।
यदि आशन्न बैठकमा मस्यौदामा सर्वपक्षीय सहमति जुटेमा त्यसलाई बिमस्टेकको शिखर नेतृत्वलाई जानकारी गराइनेछ ।

त्यसपश्चात सबै देशले अनुमोदन गरेपछि संयुक्त पत्र आदान–प्रदान गरेर मात्रै प्रोटोकललाई कार्यान्यवनमा लैजान सकिन्छ । यो प्रोटोकल बिमस्टेक राष्ट्रहरुबीच सडक मार्गहरुलाई कनेक्सन गर्नमा केन्द्रित छ । यदि प्रोटोकल टुंगिएर समझदारी भएमा नेपालबाट भारत, बंगलादेश, म्यानमार हुँदै बैंककसम्म गाडी , मोटरसाइकल बाटै यात्रा गर्न पाइनेछ । त्यसपछि नेपालीहरु यहीँबाट गाडी चलाएर सडकमार्ग मार्फत नै बैंककसम्म पुग्न सक्नेछन् । तर, देशअनुसारका कानुन र नियमहरुलाई पालना गर्नुपर्ने छ ।

प्रोटोकलको मस्यौदामा वार्षिक सवारी कोटा तोक्ने र त्यसअनुसार क्रसबोर्डर यातायात पहुँच दिने उल्लेख छ । नेपालसहितका भुटान लगायतका भुपरिबेष्टित मुलुकले यसमा विशेष सुविधाका लागि फरक किसिमका प्रस्तावहरु गरेका छन् ।

उक्त प्रोटोकलमा सहमति भएमा नेपालले भारतबाहेक बंगलादेश, थाइल्याण्ड लगायतका मुलुकका सामुन्द्रिक बन्दरगाहसम्म यातायातको पहुँच पाउनेछ । वाषिर्क रुपमा अधिकतम् सवारी कोटा प्राप्त गर्न पनि भूपरिबेष्टित मुलुकले प्रयत्न गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago