थारु कल्याणकारिणी सभाको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते राजधानी काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि थाकसले महाधिवेशनको मिति तोके पनि कहाँ गर्ने भनेर स्थान तोक्न सकेको थिएन।
यस्तै थाकसको बैठकले जिल्ला र प्रदेशमा रहेका सम्पूर्ण कार्यसमितिहरुलाई भदौ १५ गतेभित्र अनिवार्य रुपमा आ-आफ्नो क्षेत्रको अधिवेशन गरिसक्न निर्देशन समेत दिएको थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताए।
उनले भने,’ थारु कल्याणकारिणी सभाको केन्द्रीय महाधिवेशनका लागि उपयुक्त समय असोज ६, ७ र ८ गते तोकेका छौ भने स्थान यो वर्ष काठमाडौंलाई नै बनाएकाछौ ।
तराई मा आदिवासी/भूमिपुत्रको रुपमा बसोबास गर्दै आएको थारु समुदायलाई नेपालको नयाँ संविधानले हक, अधिकार र राज्यको हरेक निकायमा पहुँच हुने प्रावधान दिए पनि व्यवहारमा कार्यान्वयन नभएकाले अबको नेतृत्व थाकसले गर्ने उनको भनाई थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…