प्रदेश न ४ को कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली

गोविन्द लामिछाने ,पोखरा

प्रदेश न ४ को संसदीय दलको नेतामा नवलपरासी (सुस्ता पुर्ब) प्रदेश शभा सदस्य कृष्णचन्द्र नेपाली सर्बसहमत चयन भएका छन ।लामो राजनीतिक इतिहास बोकेका ७३ बर्षिय नेपाली नवलपरासी जिल्लामा १६ बर्ष जिल्ला सभापतिको कार्यभार समालेका थिए ।पछिल्लो समय नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेपाली स्वच्छ छबि भएका कुशल राजनिती कर्मिको रुपमा चिनिन्छन ।

निरन्तर प्रजातन्त्रका लागि लाडिरहेका नेपाली लामो जेल नेल समेत भोगेका थिए ।केन्द्रले संसदीय दलको नेता चयन नगर्दै देखि प्रतिपक्ष दलको नेताको रुपमा कार्य सम्हालेका नेपाली आखिरमा प्रदेश न ४ को संसदीय दलको नेताको रुपमा चयन भएका हुन । निर्वाचन सम्पन्न भएको लामो समय पश्चात् प्रदेश न ४ ले नेपाली लाई संसदीय दलको नेतामा चयन गरेको हो।सो जिम्मेवारीका निमित्त नेपाली सहित बागलुङका मणिभद्र शर्मा कंडेल र कास्कीका बिन्दुकुमार थापाको समेत दाबी थियोे ।

पछिल्लो समय दाबेदार कंडेलले नेपालीलाई समर्थन गर्दै आफ्नो दाबेदारी छोडेपछि नेपाली लाई सहज भएको थियो ।”प्रदेश शभामा हामी कांग्रेसका १५जना सांसद मध्य सबैभन्दा बरीष्ठ र प्रभावशाली रहेका कारण उहाँलाई नेतामा छनोट गरीएको हो” सांसद बिष्णु प्रसाद लामिछानेले  बाट । पोखरामा बसेको दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ ।यस्तै लेखासमितिको संयोजकमा कुमार खड्का, दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरिता गुरुङ सर्वसम्मत चयन भएका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago