गोविन्द लामिछाने ,पोखरा
प्रदेश न ४ को संसदीय दलको नेतामा नवलपरासी (सुस्ता पुर्ब) प्रदेश शभा सदस्य कृष्णचन्द्र नेपाली सर्बसहमत चयन भएका छन ।लामो राजनीतिक इतिहास बोकेका ७३ बर्षिय नेपाली नवलपरासी जिल्लामा १६ बर्ष जिल्ला सभापतिको कार्यभार समालेका थिए ।पछिल्लो समय नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेपाली स्वच्छ छबि भएका कुशल राजनिती कर्मिको रुपमा चिनिन्छन ।
निरन्तर प्रजातन्त्रका लागि लाडिरहेका नेपाली लामो जेल नेल समेत भोगेका थिए ।केन्द्रले संसदीय दलको नेता चयन नगर्दै देखि प्रतिपक्ष दलको नेताको रुपमा कार्य सम्हालेका नेपाली आखिरमा प्रदेश न ४ को संसदीय दलको नेताको रुपमा चयन भएका हुन । निर्वाचन सम्पन्न भएको लामो समय पश्चात् प्रदेश न ४ ले नेपाली लाई संसदीय दलको नेतामा चयन गरेको हो।सो जिम्मेवारीका निमित्त नेपाली सहित बागलुङका मणिभद्र शर्मा कंडेल र कास्कीका बिन्दुकुमार थापाको समेत दाबी थियोे ।
पछिल्लो समय दाबेदार कंडेलले नेपालीलाई समर्थन गर्दै आफ्नो दाबेदारी छोडेपछि नेपाली लाई सहज भएको थियो ।”प्रदेश शभामा हामी कांग्रेसका १५जना सांसद मध्य सबैभन्दा बरीष्ठ र प्रभावशाली रहेका कारण उहाँलाई नेतामा छनोट गरीएको हो” सांसद बिष्णु प्रसाद लामिछानेले बाट । पोखरामा बसेको दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ ।यस्तै लेखासमितिको संयोजकमा कुमार खड्का, दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरिता गुरुङ सर्वसम्मत चयन भएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…