पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

बाँके, कात्तिक ११। बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ ।  टोली शुक्रबार लुम्बिनीको भ्रमण सकाएर बर्दिया आइपुगेको हो ।

बर्दिया थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यसम्मले भरिपूर्ण पश्चिम तराईको गरिमा हो । बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तुमा चासो राख्नेहरुका लागि एक अनुपम गन्तव्य हो । पर्यटन सम्भाव्यता अध्ययन गर्न बर्दियामा रहेको चिनियाँ टोलीलाई मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकाले स्वागत गरेको थियो ।

सो टोलीले बर्दिया र चीनवीच पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा चीनमा आयोजना गरिने पर्यटन महोत्सवमा बर्दियाका व्यक्तित्वलाई आमन्त्रण गरिने बताएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago