काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । शिक्षण अस्पतालमा उपचारपछि उहाँ बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ ।
प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी गराएको छैन । यद्यपी उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको बताइएको छ ।
शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री शनिबार आफ्नै पार्टी नेकपाले दशैं तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहमा पनि उपस्थित हुन सक्नुभएन । पार्टी महासचिव विष्णु पौडेलले भाइरल संक्रमणका कारण प्रधानमन्त्री अनुपस्थित हुनुपरेको जानकारी गराउनुभएको थियो ।
११ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले त्यसयता नियमित औषधि सेवन गर्दै आउनुभएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि शनिबार र आईतबार उहाँको सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ ।आइतबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक पनि अनिश्चित भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…