साफ च्याम्पियन राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौँ । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गर्नुभएको हो ।

टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

च्याम्पियनसीपको समूह ‘ए’ मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले भदौ १९ मा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ ।

यसअघि भएको साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । भदौ ३० गतेसम्म हुने च्याम्पियनसीपको समूह ’बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago