चोरी भएको शिशु मृत अवस्थामा फेला

भदौ १२ – बर्दिबासको महोत्तरीस्थित औरहीबाट चोरेर बेपत्ता बनाएको सात महिने शिशु मृतावस्थामा भेटिएकी छिन् ।

आइतबार साँझ आफ्नै आमासँग पसलमा खेलिरहेका बेला अपरिचित व्यक्तिले चोरर बेपत्ता पारिएकी औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी सात महिने छोरी सोनालीको शव खेतमा फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सोनालीलाई आमकै आगाडीबाट एक अपरिचित व्यक्तिले टिपेर हिँडेका र पछि बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदिप भगतले बताए । भगतका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहको छ । प्रहरीका अनुसार बच्चा च्यापेर पसलबाट लिएर गएको सीसीटीभी क्यामरामासमेत देखिएको र ती बच्चा टिपेर हिँड्ने को हो भन्ने विषयमा खोजतलास भइरहको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago