स्थानान्तरण वा राज्यलाई बेच्ने दुवै विकल्पमा खुला छौं , मनमोहन अस्पताल बेच्न तयार

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी (नेको)का उपाध्यक्ष बंशिधर मिश्रले सरकार र डा. गोविन्द केसीबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

नेकोले स्वयम्भूमा मनमोहन ममोरियल मेडिकल कलेज चलाउन आशय पत्र लिएर पूर्वाधारमा लगानी गरेको छ । सरकार र डा. केसीबीच भएको नौबुँदे सहमतिले अब १० वर्षसम्म नै यो मेडिकल कलेज खुल्ने बाटो बन्द भएको छ ।

सरकारलाई बेच्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइनेछ ।

यो सहमतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको नेकोका उपाध्यक्ष डा. बंशिधर मिश्रले अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले श्रद्धेय नेता मनमोहनको नाममा मेडिकल कलेज चलाउन चाहेका हौं । हामीले सहकारीमार्फत चलाउँदा पनि नाफारहित भनेका हौं । सरकारले चलाएपनि स्वीकार्य छ ।’

आन्तरिक छलफलपछि राज्यलाई बेच्ने कि स्थानान्तरण गर्ने निर्णय लिइने उनले बताए । उनी भन्छन्, ‘न्याम्सले किनोस्, त्यसका लागि हामी सकारात्मक नै छौं ।

यसअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा न्याम्सले मनमोहन मेडिकल कलेजको सम्पत्ति किन्ने निर्णय गरेको पनि थियो । तर, मन्त्रिपरिषदबाट निर्णय हुन सकेन भने कलेजका लगानीकर्ताहरुले पनि राज्यलाई बेच्न तयार नभएको बताएका थिए ।

तर, अहिले सकारात्मक देखिएको छ । लगानीकर्ताहरुसँग सहमति गरेर मन्त्रिपरिषदले किन्ने निर्णय गरे सम्पत्ति मूल्यांकन समिति गठन प्रक्रिया सुरु हुनेछ ।

स्थानान्तरण विकल्प पनि आफूहरुका लागि उपयुक्त नै रहेको उपाध्यक्ष मिश्रले बताए । सहकारी विश्वविद्यालय सञ्चालनका लागि धादिङमा डेढ सय रोपनी जग्गा किनिएको भन्दै उनले त्यहीँ नै मेडिकल कलेज चलाउन पनि सकिने बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago