काभ्रेली समाज जापानको ऐतिहासिक दोस्रो अधिबेशन मुल आयोजक समिति गठन

टोकियो जापान , जेठ १४ ,
काभ्रेली समाज जापानको ऐतिहासिक दोस्रो अधिबेशन यही जुलाई महिनाको १ तारीक आईतबारको दिन टोकियो सिनोकुबो स्थित सोलमारी मुरा हलमा हुने भएकोछ ।

समाज को मे २७ तारिख सिनओकुबोमा बसेको कार्यसमितिको बैठकले बर्तमान अध्यक्ष मेख बहादुर वाईबा संयोजक र कार्यसमितिका पदाधिकारी एबं सदस्यहरू सदस्य रहने गरी ऐतिहासिक दोस्रो अधिबेशन मुल आयोजक समिति पनि गठन गरिएको छ ।

समाज ले स्थापनाको छोटो अबधिमै सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेको समाजले सडक बालबालिकाको शिक्षा र स्वास्थ्य सहयोगार्थ नेपालकै चर्चित युवा गायक राजु लामाको लाईभ कन्सर्टको आयोजना गरिएको थियो |

सो कार्यक्रमबाट ऊठेको केही रकम सडक बालबालिकाको हेरचाह गर्दै आएको संस्था सी नेपाललाई दुईलाख नेपाली रुपैंया संबिधान सभाका सदस्य पूर्ब माननीय तीर्थ बहादुर लामाको समुपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी जापानमा मृत्यु भएका टिना गुरूड०को शब ब्यवस्थापनार्थ ४४०००¥ त्यसैगरी स्वर्गीय शिब रोकाको लागि ४३०००¥ , मृगौला रोगी हिमालसिं तामाड०लाई ७०३७२¥ , ब्लड क्यान्सर रोगी काभ्रेका बुद्दिलाल तामाड०लाई १५२८४७¥ तराईका बाढीपिडितलाई ३५०००¥ लगायतका अरू थुप्रै आर्थिक सहयोगका कामहरू गरेका छन ।

समाज ले स्थापनाको छोटो अबधिमानै फुटसलमा राम्रो प्रभाब जमाऊन सफल समाजले ठुलाठुला प्रतियोगिता आफ्नो पोल्टामा पारिसकेको छ भने एऊटा प्रतियोगिताको पनि सफल आयोजना गरिसकेको छ र निकट भबिश्यमै अर्कों पर्तियोगिताको आयोजना हुदैछ ।

समाज ले काभ्रेको बिभिन्न ठाँऊबाट बिबिध पेशा , ब्यबसाय तथा अध्यनार्थ काभ्रेलीहरूको जमघट , एकअर्कामा आईपर्ने बिबिध किसिमका समस्याहरू एबं आफ्नो जन्मभूमिको लागि केही सामाजिक काम गर्ने ऊदेश्यका साथ दूईबर्ष अगाडी गठन भएको काभ्रेली समाजले आफ्नो क्षेत्रीय शाखा पनि बिस्तार गर्दैछ ।

यही क्रममा क्युशुमा क्षेत्रीय समिति बनिसकेको छ भने अरू ठाऊँमा पनि कुराकानि भईरहेको जनाएको छ । यसरी नै एकताबद्द भई जापानभरी नै शाखा बिस्तार गर्ने तयारी रहेको अध्यक्ष मेख वाईबाले जानकारी दिनुभएको छ ।

समाज ले अधिबेशनको लागि जापानमा रहेका सम्पूर्ण काभ्रेलीहरूलाई उपस्थित हुनको लागि पनि हार्दिक अनुरोध गरिएको जानकारी सचिब रुपक तामाङ ले दिनुभएको छ ।।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago