सन्दीपलाई दिल्लीको बोर्डिङ पास

काठमाडौं : दिल्ली डेयरडेबिल्सले नेपाली क्रिकेट प्लेयर सन्दीप लामिछानेलाई टीममा स्वागत गरेको छ। डेयरडेबिल्सले १७ वर्षीय नेपाली खेलाडीलाई भित्र्याउन पाउनु आफ्नालागि खुशीको कुरा बताएको छ।

आज अक्सनमा लामिछानेलाई २० लाखमा दिल्लीले लिएका हो।
डियरडेबिल्सले स्पिनर लामिछानेलाई स्वागत गरेको ट्विट गर्दै पहिलो नेपाली खेलाडी भित्र्याउन पाएकोमा खुशी जनाएको हो।

को हुन सन्दीप लामिछाने ?

दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेव वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएपलमा ‘इन्ट्री’ ।

बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भएपनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारु मूल्यमा आफ्नो बनाएको छ । उनको बेस मूल्य नै २० लाख थियो ।

सन्दीप आईपिएलको अक्सनमा परेर नेपाली खेलाडीहरुमा इतिहास बनाइसकेका थिए, झन् अनुबन्धित नै भएपछि त नेपालमा क्रिकेट प्रेमीहरु हर्षविभोर छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दाशानायकेले १४ वर्षको उमेरमै चितवनबाट ‘टपक्क टिपेर’ ल्याएका सन्दीपले त्यसयता उमेरसमूहको क्रिकेटमा मात्र होइन राष्ट्रिय टिमबाट र घरेलु क्रिकेटमा समेत आफूलाई अब्बल प्रमाणित गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई काठमाडौं ल्याएका थिए । भारतीय रेल्वेमा कार्यरत पितासँगै भारतमै हुर्केका सन्दिपले ब्याट र बल समाउन उतै सिकेका थिए ।

अध्ययनका लागि नवलपरासीमा आएसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिविया विरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए ।

अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्कसमेत सन्दीपको बलिङ शैलीको फ्यान छन् । क्लार्ककै निमन्त्रणामा सन्दीपले अष्ट्रेलियामा स्थानीय लिग खेल्ने अवसर पाएका थिए । त्यस्तै हङकङमा भएको प्रतियोगितामा उनी क्लार्कसँग एउटै टिमबाट खेलेका थिए ।

सन्दीप आईपीएल अक्सनमा छनोट भएपछि बधाई दिँदै ट्वीट गरेका थिए । उनले आईपिएलको टिममा अधिकारसम्पन्न ठाउँमा भएको भए उनलाई अनुबन्ध गर्नेसमेत बताएका थिए ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago