माघ १४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैङ्कको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा रू. १ अर्ब ८३ करोडभन्दा बढी रहेको छ । यो अघिल्लो आवको तुलनामा १५ दशमलव ४९ प्रतिशतले बढी हो । सो अवधिमा रू. १ अर्ब ५८ करोड नाफा कमाएको थियो । बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो ।
दोस्रो त्रैमाससम्ममा बैङ्कको निक्षेप सङ्कलन ११ प्रतिशतले बढेर रू. १ खर्ब २९ अर्ब पुगेको छ । लगानी रू. ३७ अर्ब २७ करोड पुगेको छ । बैङ्कले वैदेशिक मुद्रा विनिमयबाट रू. ११ अर्ब १४ करोड आम्दानी गरेको छ । रू. ३२ करोड ८५ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ भने निष्क्रिय कर्जा १ दशमलव १२ प्रतिशत रहेको छ । सोही अवधिमा बैङ्कको प्रतिशेयर आम्दानी(वार्षिक) रू. ३४ दशमलव ४५ पुगेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…