साउदीका राजकुमार थुनामुक्त

भ्रष्टाचारको आरोपमा गत नोभेम्बरमा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएका छन्। गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुमाथि कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ ।

अर्बपति राजकुमार तलालका साथै त्यस समय पक्राउ परेका अन्य केही शक्तिशाली व्यक्तिहरू पनि थुनामुक्त भएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहेका छन्
उनलार्इ राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो ।

पछि उनीमाथिको अभियोग प्रमाणित नभएको भनी मुक्त गरिएको बताइएको छ । उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए। थुनामुक्त भएपछि उनले युवराज मोहमद बिन सलमानको भ्रष्टाचारविरोधी कदमको आफूले समर्थन गर्ने बताएका छन्।

राजकुमार तलाल साउदी अरेबियाका वर्गका व्यक्ति मध्ये पर्दछन् । युवराज मोहमदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरुलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएको आरोप लगाइएको थियो । राजकुमार तलालजस्तै जस्तै जेलबाट छुटेका मध्ये कतिपयको आरोप प्रमाणित नभएको र कतिपय धरौटीमा छुटेको बताइएको छ । तस्बिरः एसीसी

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago