कालिगण्डकी करिडोर असारसम्ममा खोल्ने तयारी

माघ १४, २०७४ पर्वत : उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा–मिर्मी खण्डमा चालु आर्थिक वर्षमा ट्रयाक खोलिने भएको छ। करिडोरको मिर्मी–कुस्मा खण्डमा करिव दुई किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ । भारतसंँगको सिमाना सुनौलीदेखि चीनको तिब्बतको सीमा कोरला जोड्ने गैंडाकोट–मिर्मी–फलेबास–जोमसोम–कोरला सडक ३ सय ७७ किलोमिटर लामो छ । यस सडकखण्डको सेतीवेणी–मिर्मी खण्डामा पर्ने पिंडिखोलको ठूलोखोलादेखि मिर्मीसम्मको १ सय मिटर कठिन पहरोमा ट्रयाक खोल्न बाँकी छ भने पर्वतको मोदीवेणीदेखि अर्मादीसम्म करिव डेढ किलोमिटर मिटर ट्रयाक खोल्ने काम भइरहेको छ ।

करिडोरको कालीगण्डकी पश्चिममा पाल्पा–गुल्मी–बागुङ खण्डमा सडकको अधिकांश ट्रयाक नेपाली सेनाले खोलेको हो। यस खण्डमा पर्ने खोलामा बेलीब्रिज लगाउने काम समेत सम्पन्न भएको छ। पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्रयाक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन। अहिले जिल्लाको फलेवास नगरपालिकाको मुडिकुवा–अर्मादी खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ। मोहनडाँडादेखि मिर्मीसम्म विस्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अघि बढ्न नसक्ने आयोजना प्रमुख भण्डारीले बताए। फलेवासदेखि अर्मादीसम्मको सडकको ट्रयाक खोल्ने काम असारसम्म सक्ने लक्ष्य छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago