पर्वतमा अर्को अग्लो झोलुङ्गे पुल थपिँदै

माघ १४, २०७४ पर्वत :

अग्ला र लामा पुलको जिल्लाको रूपमा परिचित पर्वतमा चौथो अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ।कुश्मा नगरपालिका ७ खरेहा र वडा नं १०कटुवाचौपारिको अधिकारी फाँट जोड्ने गरी पुल निर्माण हुन लागेको हो। मोदीखोलामा निर्माण हुन लागेको उक्त पुल १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्यसहित एमके मुक्तिनाथ निर्माण सेवा प्रा.लि.ले कामको जिम्मा लिएको छ। १ करोड ९१ लख ४ हजार रुपैयाँको लगानीमा निर्माण हुने उक्त पुलको लम्बाई ३ सय ५९ मिटर र उचाई १ सय २८ मिटर रहने छ।

पुलबाट त्यस क्षेत्रका करिव तीन हजार नागरिक लाभान्वित हुनेछन्। पर्वतमा यस अगाडी मोदीखोलामा नै कुश्माज्ञादी, बडागाउँ मुडिकुवा र कालीगण्डकीमा बडागाउँ–कैया जोड्ने अग्ला र लामा पुल निर्माण भइसकेका छन्। यीमध्ये पर्वतको कुश्मा बडागाउँ र बाग्लुङको बलेवा कैया जोड्ने कालीगण्डकी नदीको पुल नेपालको अग्लो झोलुङ्गे पुल हो। यहाँ निर्माण भएका अग्ला र लामा पुलहरू हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। अग्ला र लामा पुलहरुले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago