चितवन का रबिनले मरुभुमीमा नेपाली रायोको साग फलाउछन् ।

युएई- सफलता एकैपटक हात पर्दैन । पसिना बगाएर पैसा उमार्नेहरू मिहिनेती हुन्छन् । परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता हात पार्नेहरूका आ-आफ्नै कथा छन् । जुन अरूका लागि पनि प्रेरणा बनिरहेका हुन्छन्।यहाँ एउटा त्यस्तै प्रेरणादायी संघर्षको कथा रहेको छ जुन यो लेख पढ्नेहरुका लागी प्रेरणा बन्न सक्छ ।

मासिक ४५० दिराम तलबमा काम गर्थे रबिन :- संसारमा दुईथरी मान्छे हुन्छन्, टुप्पाबाट पलाउने र भुइँबाट फुल्ने । त्यो यस अर्थमा कि एकथरीले पैसासँग पैसा साटिरहेका हुन्छन्, अर्काथरीले पसिना बगाएर पैसा उमार्छन् । ‘मिहिनेतको फल मीठो हुन्छ’ भन्ने उखानै छ । पसिना बगाएर पैसा उमार्नेहरू तिनै मिहिनेती मानिस हुन् । त्यही मिहिनेत गर्ने बानीको कारण आफ्नो देश नेपालमा केहि गर्ने खोज्दा खोज्दै समय र पैसा दुबैले साथ नदिए पछि आफ्नो पारिवारिक आवस्यकताहरु पुरा गर्न चितवन खैरेनीका रबिन केसी सन् २००६मा बैदेशिक रोजगारीका लागी सयुक्त अरब इमिरेस्ट(युएई) आए ।

युएईको प्रसिद लेबर सप्लाई कम्पनि डुलसकोमा मासिक ४५० तलबमा नेपालबाट ९५ हजार नेपाली पैसा मेनपावरलाई बुझाएर साधारण मजदुर (लेबर) भिसामा आएका रबिन साहुको ऋण चुक्ता गर्न झन्डै २२ महिना त्यही कम्पनिमा काम गरे । कहिले जागिर एक ठाउमा त कहिले अर्को ठाउमा कुनै टुंगो नहुने सप्लाई कम्पनिमा २२ महिना काम गरे पछि रबिनले युएईकै अर्को प्रसिद् कम्पनि अल फतिम मोटरमा नया जागिर पाएछन ।

ठुलो र प्रसिद कम्पनि भए पनि रबिनसंग प्रयाप्त शिक्षा र कामहरुको अनुभव नभएको कारण उनलाई साधारण वायरहाउस असिस्टेन्टको काम लगाएको रहेछ । झन्डै ७ बर्ष त्यस कम्पनिमा जागिर गरेपछि रबिनले खाइ नखाई केहि पैसा जम्मा गरेर युएईको सवारी अनुमति पत्र (युएई ड्राइभिङ् लाइसेन्स ) लिएको रहेछन । लाइसेन्स त लिए तर उनले भने जस्तो तलब र सुबिधा नपाए पछि आफ्नो योग्यता र सिप अनुसारको जागिर खोज्दा खोज्दै धेरै समय युएईमा बिताएको अनुभव सुनाउछन रबिन । कहिले तलब कम त् कहिले पायक नपर्ने डिउटीको बफजुत पनि रबिनले अन्तंत आफ्नो योग्यता अनुसारको सवारी चालकको रुपमा युएई दुबई स्थित RTA कम्पनिमा ड्राइभरको रुपमा काम पाउन सफल भए ।

मरुभुमीमा हरियो रायोको सागको कल्पना :- जिन्दगीका बिभिन्न आरोह अवरोहहरु बीच संघर्ष गर्दै झन्डै १० बर्ष रोजगारी गरे पछि रबिनको मनमा अब जागिर होइन केहि ब्यबसाय गर्नु पर्छ भन्ने सोच आएछ । हामीले रबिनलाई मरुभूमिमा हरियो रायोको सागको खेती नै गर्ने सोच कसरी बनाउनु भयो भन्दा उनि भन्छन ‘’ मलाई ब्यबसाय गर्ने केहि आइडिया पनि थिएन ,न यो मेरो बाजे बराजुले नै गरेका थिए न मैले नै ।’’ उनि भन्छन ‘‘जब म त्यो ४५० तलबमा काम गर्थे डुलासको कम्पनिमा त्यो बेला हाम्रो कम्पनिको एक छेउमा एउटा पाकिस्तानीले हरियो साग उमारेको थियो र कहिले काही हामीलाई पनि सागको सब्जी पकाएर खुवाउने गर्थ्यो अनि त्यही बेला देखि मैले पनि यो ठाउमा गर्दा चै हुने रहेछ भन्ने सोचेको थिए ।’’

सन २०१६ देखी एक पाकिस्तानी नागरिकसंग मिलेर युएईको अल एन छेत्रमा चार बिघा जमिन भाडामा लिएर युएईमै पहिलो पल्ट रायोको सागको खेती सुरु गरेका रबिन केसीले हाल युएईका बिभिन्न प्रान्तहरुमा नेपाली रायोको साग बिक्रि गर्ने गर्दछन । उनि युएईको दुबई देखी अबुधाबी ,सारझा हुदै अजमान सम्मका ठुल्ठुला सुपरमार्केट र ग्रोसरीहरुमा अहिले नेपाली रायोको हरियो साग सप्लाई गर्ने गर्छन । उनको हाल दुईवटा डेलिभरी गाडीहरु पनि रहेका छन् भने उक्त ४ बिघा जमिनको खेतीमा काम गर्न ६ जना पाकिस्तानी नागरिकहरुलाई जागिर पनि दिईरहेका छन् ।

अक्टोबर महिना देखी अप्रिल लास्ट सम्म खेति गर्न सकिन्छ ।’’ रबिनले संचालनमा ल्याएको कालिमाटी फुड स्टप युएईमा एक बर्ष नै पुगी सकेको रहेछ । ब्यबसाय कस्तो छ भनेर सोधिएको प्रश्नमा उनि भन्छन ‘‘ब्यबसाय हो नाफा घाटा त भै नै हाल्छ तर यो भन्दा पनि मलाई आफ्नै नेपाली दाजु भाइहरुको सहयोग नपाएकोमा भने धेरै दुख छ ।’’ उनि थप्छन ‘‘ मेरो पसलमा फलफुल देखी लिएर दैनिक भान्सामा प्रयोग हुने साग ,सब्जी आलु,

प्याज,टिमुर ,जीक ,गुन्द्रुक ,मसयूरा ,चम्सुर ,धनिया,टमाटर सबै पाउछ तर नेपालीहरु हाम्रो नेपालीहरुको ब्याबसायलाई सहयोग गर्नु त् कता हो कता अरु इन्डियनहरुको ग्रोसरीबाट समान लान्छन ,मैले त् अझ बदुबाई एरिया र सकिने ठाउ सम्म फ्री होम डेलिभरी सर्भिस नि दिएको छु तर नि नेपालीहरु खासै आउदैनन । गुनासो पोख्छन रबिन ।

रबिनले संचालन गरेको उक्त कालिमाटी फुडस्टफमा अन्य पसल र सुपरमार्केटमा पाउने सबै प्रकारका तरकारीका प्रकारहरु पाउन सकिन्छ भने हरियो रायको साग प्रतिमुठा ५ दिरामको सुलियत दरमा पाउन सकिन्छ । स्रोत:Enepal post

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago