मुस्ताङ, १४ माघ मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् ।
स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले ५०० वटा स्याउका बिरुवा वितरण गरेको जनाएका छन् । गाउँपालिकाको कृषि शाखामार्फत कृषकलाई स्याउका बिरुवा वितरण गरिएको हो । रु ४५ मूल्य पर्ने स्याउका बिरुवा कृषकलाई रु २२ मा उपलब्ध गराइएको घरपझोङ गाउँपालिकाका कृषि प्राविधिक बिमल खत्रीले बताउनुभयो ।
उहाँका अनुसार कृषकलाई स्याउ बगैँचा सरसफाइका लागि नीलो तुथो, स्प्रे, सिकेचर, करौँटीलगायत औजारसमेत उपलब्ध गराइएको छ । थासाङ गाउँपालिकाले स्याउका साथै ५०० वटा ओखरका बिरुवासमेत वितरण गरेको छ । रु २७ मूल्य पर्ने ओखरका बिरुवा रु १३ मा उपलब्ध गराइएको हो । यसअघि जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रम राज्य पुनःसंरचनालगत्तै स्थानीय तहका शाखामार्फत हुन थालेको छ ।
स्थानीय तहले कृषकको आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका साथै स्याउको उत्पादन बढाउन खेती विस्तारमा जोड दिएको बाह गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक मनिता तामाङले बताउनुभयो । मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले उत्पादन गरेको बिरुवा खरिद गरेर कृषकलाई उपलब्ध गराइएको तामाङले बताउनुभयो । मुस्ताङका कृषक हिजोआज नयाँ बिरुवा लगाउने, स्याउ बगैचा को काँटछाँट, सरसफाइ र व्यवस्थापनको काममा व्यस्त छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…