तीन वर्ष अघि भाषा विद्यार्थीका रुपमा जापानको फुकुओकामा आएका अर्घाखाँचीका २३ वर्षीय प्रकाश आचार्य मृत अवस्थामा भेटिएका छन् । फुकोआकाको एक भोकेसनल स्कूलमा पहिलो वर्षमा अध्ययनरत सन्धीखर्क नगरपालिका ११ दिर्भमका आचार्यलाई २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा भेटिएको युथ फरअल जापानका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो ।
पौडेल ले जानकारी दिय अनुसार सोमबार बिहान साथीहरुसँगै खाना खाएर स्कूल जानका लागि निस्केका आचार्य स्कूलमा नगएका र मंगलबार बिहानतिर स्कूलमा फोनमार्फत आफू बिरामी भएको जानकारी गराएका थिए । त्यसपछि उनी साथीहरुको सम्पर्कमा पनि नभएको बताइएको छ । मृत्युको कारण हालसम्मपनि नखुलेको र शवको प्रकृति हेदा शंकास्पद रहेको जापान प्रहरीलाई उदृत गर्दै पौडेलले जानकारी दिनुभयो । हाल मृतकको शवलाई प्रहरीकै नियन्त्रणमा राखिएको र कोरियामा रहेका उनका दाजु जापान आएपश्चात अन्तिम संस्कार गरिने पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…