नेपालीद्धारा निर्मित आमाको जाँतोले जित्यो जापानी ईटी रोवोकोन उपाधी

टोक्यो नोबेम्बर २७ । आगामी वर्ष अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने नेपालीद्धारा तयार गरिएको आमाको जाँतोले जापानको सर्वाधिक चर्चित रोवोर्ट प्रतियोगितामा उत्कृष्ट हुदै ईटी रोवोकन २०१८को उपाधी हात पारेको छ।

नोवेम्वर तेस्रो साता भएको प्रतियोगिताको अन्तिम फाईनलमा चार उत्कृष्ठ सहभागिलाई हराउदै आमाको जाँतोले उपाधी जितेको हो। जापानको होक्काईदो स्थित वाकानाई होकुसेई गाकुईन विश्वविद्यालयमा अध्यापनरत नेपाली वैज्ञानिक प्राध्यापक डा. विष्णुप्रसाद गौतमले पहिलो पटक सहभागि जनाउदै उपाधी जितेका हुन। जापानको योकोहामामा भएको फाईनल प्रतिस्पर्धामा आमाको जाँतोले वेष्ट च्याम्पियनसिप अवार्ड २०१८, नेसनल च्याम्पियनसिप अवार्ड २०१८ र आईपीए अवार्ड गरि तीन विधामा समेत उत्कृष्ठ भएको छ।

जापानभरिका विश्वविद्यालय तथा अन्य क्षेत्रका वैज्ञानिकहरुले तयार गर्ने रोवोर्टबीच भएको प्रतिस्पर्धामा पहिलो चरणमा डा गौतमको आमाको जाँतोको भिडियो चर्चित बन्दै प्रतियोगितामा सहभागिताका लागि छनौट भएको थियो। सो प्रतिस्पर्धामा जापानका ४४ राज्यबाट छनौट भएका उत्कृष्ठ रोवोर्टले सहभागिता जनाएका थिए।

फाईनलमा आमाको जाँतोले टोकियो लगायतका चार उत्कृष्ठ प्रतियोगीसंग प्रतिस्पर्धा गरेका थिए। उच्च शिक्षाका लागि २४ वर्ष अघि जापान आएका कास्की जिल्लाको धिताल हाल माछापुच्छ्रे गाँउपालिकाका गौतमले नेपाली परिवेशमा गाँउघरमा चलाईने जाँतोलाई आमाको जाँतो नाम दिएर सोलारबाट संचालन हुने स्वचालित जाँतो बनाएका थिए। विभिन्न किसिमका खाध्यान्नका पिठो पिस्न मिल्ने गरि तयार गरिएको सो जाँतो आईओटी र रोवटिक्स प्रयोग गरि आवाजका भरमा संचालन गर्न सकिने गरि तयार पारिएको छ।

आफुले बनाएको रोवोर्टको भिडियो हेरेर पहिलो चरणबाट दोस्रो चरणमा पुग्न सफल भएकोमा विश्वभरि रहेका नेपालीहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ । डा गौतमका अनुसार आमाको जाँतोले आगामी वर्ष अमेरिकाको लस भेगस शहरमा हुने सेश २०१९ अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिताका लागि निमन्त्रणा पाएकाे छ। साे प्रतियाेगितामा अामाकाे जाँताे समुहका सुमित पुन र र्इताेर्याेउहीसंगै जनाउने छन।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago