तुलसीपुर / लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो । विसं २०७४ साउन २७ गते बाढीले अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्काएपछि स्थानीय तहले सो बस्तीको पुनःनिर्माण अभियान सञ्चालन गरेका थियो ।
एक वर्षपछि नयाँ घर पाउदा अमेलियाका बाढीपिडित खुशी भएका छन् । घरवारविहीन बनेकी पुनकला भुसाल घरधनीको रुपमा नयाँ घरमा पुनःस्थापित हुनुभएको छ । मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि २२ घरपरिवार पुनःस्थापित भएका हुन् । नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माण गर्न रु दुई लाख सहयोग गरेको थियोे ।
नगरपालिकाको सहयोग र स्थानीयवासीको सक्रियतामा भान्सा र शौचालय सहितको नयाँ घर बनाइएको हो । पीडितलाई स्थानीय सरकारको अनुभूति हुने गरी राष्ट्रिय वनको खाली जमीनमा १० र व्यक्तिकै जग्गामा १२ घर बनाएर बसोवासको व्यवस्था गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयोे । मैनेमा चार, तेल्लेमा तीन, रिहारमा छ, हात्तीखाल, अमेलिया र वाङ्तालमा नौ घर निर्माण गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…