बाढीपीडितलाई नयाँ घर

तुलसीपुर / लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो । विसं २०७४ साउन २७ गते बाढीले अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्काएपछि स्थानीय तहले सो बस्तीको पुनःनिर्माण अभियान सञ्चालन गरेका थियो ।

एक वर्षपछि नयाँ घर पाउदा अमेलियाका बाढीपिडित खुशी भएका छन् । घरवारविहीन बनेकी पुनकला भुसाल घरधनीको रुपमा नयाँ घरमा पुनःस्थापित हुनुभएको छ । मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि २२ घरपरिवार पुनःस्थापित भएका हुन् । नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माण गर्न रु दुई लाख सहयोग गरेको थियोे ।

नगरपालिकाको सहयोग र स्थानीयवासीको सक्रियतामा भान्सा र शौचालय सहितको नयाँ घर बनाइएको हो । पीडितलाई स्थानीय सरकारको अनुभूति हुने गरी राष्ट्रिय वनको खाली जमीनमा १० र व्यक्तिकै जग्गामा १२ घर बनाएर बसोवासको व्यवस्था गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयोे । मैनेमा चार, तेल्लेमा तीन, रिहारमा छ, हात्तीखाल, अमेलिया र वाङ्तालमा नौ घर निर्माण गरिएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago