साउदी अरब राम प्रसाद बस्यल ।
काठमाडौंको नयाँ बसपार्क मित्रनगरमा सुविधा सम्पन्न होटेल म्यारील्याण्ड गेष्ट हाउस संचालनमा आएको छ । स्वथ्यकर तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले साउदी अरबको अलमराई कम्पनीमा कार्यरत मेची-महाकालीका युवाहरुले होटल म्यारील्याण्ड गेष्ट हाउस संञ्चालनमा ल्याएका हुन ।
विदेशको कमाई स्वदेशमा लगानी भन्ने मूल नारासहित देशमा सामुहिक रुपमा लगानी गरेर होटल संचालनमा ल्याएका हुन ।
देशका बिभिन्न ठाउबाट र विदेशबाट आउने नेपालीहरुलाई लक्षित गरी यातायातको सुबिधा सहित यस्तो होटलको आवश्यकता महशुस गर्दै होटल संञ्चालनमा ल्याईएको सञ्चालक समितीका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिए ।
देशले स्थिर सरकार पाएसँगै आफ्नै क्षेत्रमा युवाहरुले लगानी गर्न थालेको र विदेशको कमाई स्वदेशमा लगानी गरी आफ्नै माटोमा रोजगारिको अवसर प्रदान गर्दै उज्वल भविष्य निर्माणमा जुटेको संचालक समितिका सदस्य बशन्त राई बताउछन । करिब ८० लाख लगानी रहेको उक्त होटलमा सुबिधा सम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको होटल सञ्चालक समितीका अर्का सदस्य नाथन शर्माले जानकारी दिए ।
आगामी दिन मा म्यारील्याण्ड होटेल काठमाडौं मा एक मात्र नभै अझै यसका साखा हरु नयाँ नया साथीहरु लाई समाबेश गरि खोलिने कुरा देबि प्रसाद गुरुङ ले सराइज जे एन लाई फोन मार्फत जानकारी दिनु भयो । बिदेश मा बस्दा नेपाल आउने क्रम मा धेरै प्रदेशी ठगिने र सोचे जस्तो सेवा सुबिधा नपाइने र महङ्गाई खेप्नु परेको हुनाले र यस होटेल मा आबद्द ११ सदस्य को ग्रुपले हामी लाई झै अन्य प्रदेशिलाई समस्या नपरोस भन्ने हेतु ले नै सो होटेल खोल्ने निर्णय भयको हो र दशै तिहार को बेलामा अधिक मात्रामा प्रदेशी हरु स्वदेश भित्रीने हुनाले सोही समयलाई लक्ष्यित गरि होटेल म्यारिल्याण्ड ले १० % प्रतिशत छुट दिने कुराको जानकारी तुलसी बम्जन ले दिनु भयो ।
तुलसि बम्जन प्रदेश मा बसेर पनि सम्पुर्ण नेपाली हातेमालो गरि एक हुनु पर्छ भन्ने हेतुले नेपालि एकता समाज को गठन गरि अध्यक्ष को भुमिका मा धेरै नेपालीहरु का लागि स नेतृत्व गर्दै नेपाली हरुको हकहितको काम गर्दै आउनु भयको छ। नेपालको पुर्ब देखि पश्चिम जहाँ को भएपनी आखिर हामी सबै नेपाली हौ भन्दै ११ जनाको सदस्य को लगानी मा होटेल को स्थापना गरिएको हो ।
जसमा :-
अमर श्रेष्ठ ,वाङ्ग्देल लामा , योगेन्द्र कुइकेल , रामु गिरि , बम बहादुर राई , बसन्त राई , तुलसी तमाङ , देवि प्रसाद गुरुङ , अमित शर्मा नाथन , बिबि बराइली , मिलन गोले रहेका छन अन्य सदस्य सबै बिदेशमा रहेता पनि वाङ्देल लामा र योगेन्द्र कुइकेल ले नेपाल मै बसेर काम गर्नु भयको कुरा सनराइज जे एन लाई रामु गिरि ले जानाकारि दिनु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…