सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।

सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।

करीब २८ किलोमिटर दूरीमा रहेको नवलपरासी पश्चिम जिल्लाको नेपाल– भारत क्षेत्रमा पश्चिममा सनईदेखि पूर्वमा सुस्तासम्म गरी कूल १६ वटा सीमा स्तम्भ छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय प्रशासनको मुख्य दायित्व भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको समेत कार्य क्षेत्र रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरअन्तर्गत जिल्ला कमाण्ड पोष्ट एक, अस्थायी पोष्ट एक, बिओपी तीन, औद्योगिक सुरक्षा बेस दुई र सुरक्षा बेस तीन छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago