बिस्वास आचार्य टोकियो ।
नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि मैत्री रकमा गाएर लोकप्रिय बनेको चर्चीत ब्याण्ड नेपथ्य व्याण्डको जुलाई ७ तारिखमा जापानमा ऐतिहाँसिक कन्सर्ट आयोजना हुने भएको छ ।
स्थापनाको २५ औं वर्ष मनाई रहेको नेपथ्यले राजधानी टोकियोमा रहेको चर्चीत टोकियो डोम स्थित हलमा आफ्नो प्रस्तुती दिने भएको छ । फिनल्याण्ड, अमेरिका, दक्षिण कोरिया, डेनमार्क, अष्ट्रेलिया लगायत दर्जनौं देशहरुमा आफ्नो प्रस्तुती देखाइसकेको नेपथ्यले बेलायतको विश्व चर्चित ओटु एकेडेमीको विक्सटनमा भव्य कन्सर्ट प्रस्तुती गरिसकेको छ ।
सन् १९९१ मा स्थापना भएयता ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । पप गितलाई लोक लय र नेपाली मौलिक लोक गितलाई लोक रक लयमा ढालेर नेपाली गित संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको नेपथ्य नेपा लय को ब्राण्डमा समेत परिचित छ ।
देशका प्रमुख शहरमा कन्सर्ट आयोजना गरेर मोफसललाई गित संगितको मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले प्रवासमा रहेको नेपाली समुदायलाई समेत यसमा सहभागी गराउँदै गित संगित मार्फत सामाजिक कार्यमा योगदान दिंदै आएको छ । नेपाली लोकभाकाका गितलाई मौलिकता नमर्नेगरि नयाँ पुस्ताको रुचि अनुसार ढालेर गाउने कलात्मकताकै कारण नेपथ्य व्याण्डको पहिलो गित छेक्यो छेक्यो देउराली डाँडाँ देखि पछिल्लो गित शिर फुल फुलैमा बनफुल बनैमा नेपाली दर्शक श्रोतामाझ लोकप्रिय र अजर अमर बन्दै गएको छ ।
मन्त्रमुग्ध बनाउने नेपथ्य व्याण्डका अमृत गुरुङ्को स्वर, सुरज थापाको किर्बोड, सुबिन शाक्यको ब्यास तथा निखिल तुलाधर ड्रम्स एवं निरज गुरुङ र हरि महर्जनको गीतारको धुनले जापानमा रहेका नेपालीलाई भरपुर मनोरञ्जन दिलाउने विश्वास गरिएको छ ।
युवा नन्नेरी सहित हरेक पुस्ताका नेपालीलाई नेपाली गित संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको रजत वर्षको जापान यात्रालाई ऐतिहाँसिक र भव्य बनाउन आयोजक गोरेटो प्रोडक्सनले कुनै कसुर बाँकी नराख्ने बताएको छ । गोरेटो प्रोडक्सनको आयोजनामा पहिलो पटक जापानमा उत्रन लागेको नेपथ्य व्याण्डको जापानमा भने यो तेस्रा प्रस्तुती हुनेछ । नेपथ्यको सन् २०१५ पछि जापानमा हुन लागेको यो पहिलो उपस्थिति हो ।
साउण्ड सिस्टम देखी लाईट, स्टेज र सहभागीता सबै दृष्टिले भव्य अनि नेपथ्यको रजत बर्ष भव्य रुपमा मनाउनेगरि व्यवस्थापन थालिएको भन्दै आयोजक संस्था गोरेटो प्रोडक्सनका सदस्य अनिल अधिकारीले भन्नुभयो-‘कुनैपनि कुराका कमी हुन नदिनकै लागि जापानमा अहिलेसम्म नभएको ठूलो र भव्य स्थानमा नेपथ्यको कन्सर्ट आयोजना गरेका हौं ।’
नेपथ्य व्याण्डले प्रस्तुती दिने टोकियो डोममा रहेको हलमा ३५ सय व्यक्ति अट्ने सिट क्षमता रहेको छ । जापान, दक्षिण कोरिया, चिन सहित अमेरिका लगायत देशका लोकप्रिय गायक तथा संगित समुहले प्रस्तुती दिइसकेको यो हलमा आजसम्म कुनैपनि नेपाली कार्यक्रम आयोजना भएको थिएन ।
लोकप्रिय हांस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य सहभागी मह जात्रा कार्यक्रम र सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली सहभागी एक अर्को कार्यक्रम अहिलेसम्म जापानमा सर्वाधिक सफल र ठूलो स्तरको कार्यक्रमको रुपमा लिने गरिन्छ । जुन कार्यक्रममा एक हजार बढी व्यक्तिको सहभागीता रहेको बताइन्छ ।
सन् १९९१ मा नेपथ्य एल्बम निक्लिएको मितिलाई स्थापना बर्ष मानेर ‘सेलिब्रेटिङ ट्वेन्टि फाइभ इयर्स अफ नेपथ्य’ मनाईरहेको व्याण्डले ‘आँगनैभरी हिउँ नै झरे’ ब्याण्डको पहिलो गीत भएको बताएको छ ।
सिल्भर जुब्लीको अवसरमा आफ्ना पुराना गितहरुको भिडियो समेत सार्वजनिक गर्दै आएको नेपथ्यले नेपालयलाई पलेँटी श्रृंखला पुनः सुचारु गर्न सहयोग समेत गर्ने भएको छ । नेपाली संगीतको स्वर्णिम कालको उपासना र जागरण अभियान पलेँटीले चलाउँदै आएकोमा केही वर्षयता बन्द अवस्थामा छ ।
सिल्भर जुब्ली बर्षलाई सामाजिक क्षेत्रमा सहयोग गर्ने बर्ष समेत घोषणा गरेका नेपथ्यका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले यो बर्ष नेपाली संगीतकै श्रीवृद्धिमा संलग्न हुने अठोट समेत गरिसकेका छन् ।
अमृत गुरूड, दीपकजंग राणा र भीम पुनले स्थापना गरेको नेपथ्यमा हालसम्म २० भन्दा बढि गित संगीतकर्मीहरु सहभागी भएर योगदान दिइसकेका छन् । नेपथ्यले रजत वर्षको अवसर पारेर आफ्नो २५ बर्षे यात्राको कथा समेटेर छिट्टै चिनारी पुस्तक प्रकाशित गर्ने तयारी समेत गरेको छ ।
रजत बर्षकै अवसर पारेर आफ्नो दशौं एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेको नेपथ्यले दशौं एल्बममा समेटिने शिर फुल फुलैमा बनफुल बनैमा लगायत केही गित भने सार्वजनिक गरिसकेको छ ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…