तनहुँ, १२ जेठ
पृथ्वीराजमार्ग सडक खण्ड अन्तरगत तनहुँको व्यास नगरपालिका-१२ कमलबारी र देउराली बीचको मोडमा शनिबार साँझ करिब ७ बजे भएको दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् ।
पोखराबाट काकडभित्ता जादै गरेको ना५ख ३०८२ नम्बरको यात्रु बहाक बससंग डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना५५प १५९४ नम्बरको मोटर साइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एउटै मोटर साइकलमा चार जना सवार रहेका र विपरित दिसामा गई बससंग ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी पर्सा जिल्ला रेरवा गाउँपालिका-३ बस्ने अन्दाजी २२ वर्षा राज राया र पर्सा सुगौलीका अन्दाजी २१ वर्षीय धिरज चौधरीको मृत्यु भएको छ ।
त्यस्तै, उक्त दुर्घटनामा परी पर्सा जिल्ला विरगन्ज घर भएका अन्दाजी २२ वर्षा सन्जय चौधरी र पर्सा सुगौली बस्ने अन्दाजी २२ वर्षा भोला चौधरी गम्भिर घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…