जापान-चीनबीच व्यापारिक सम्झौता

बेइजिङ । जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ।

एसियाका सर्वाधिक ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीचको सम्बन्धमा पछिल्ला वर्षहरुमा सुधार आएको छ । चीनका प्रधानमन्त्री ली केक्वाङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुबै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको बताउनुभयो ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक भएको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेको थिएन ।“मेरो विश्वास छ नियमित व्यापारले जापानी र चिनीया जनताबीचको सम्बन्धमा थप प्रगाढता आउनेछ,” प्रधानमन्त्री आबेले भन्नुभयो ।

त्यस अवसरमा चिनीया प्रधानमन्त्री लीले “अहिले, अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर छ, र अनिश्चितता बढ्दै गएको छ” भन्दै मुलुकहरुबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत गर्ने बताउनुभयो ।

प्रधानमन्त्री आबेका साथ जापानी कम्पनीसँग आबद्ध झण्डै एक हजार प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्री लीका अनुसार उक्त टोलीसँग २ अर्ब ६० करोड डलर बराबरका ५०० वटा सम्झौता भएका छन् ।दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् ।

जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ । चीनको राष्ट्रवादी रुझान राख्ने ग्लोबल टाइम्सले चीन–जापान सम्बन्धमा सुधार ल्याउन अमेरिकी प्रभाव सीमित रहेको जनाउँदै आगामी दिनमा बेइजिङ र टोकियोले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुअघि वासिङ्टनको विचारलाई आधार लिन थाले त्यो प्रभावकारी नहुने बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago