जापान-चीनबीच व्यापारिक सम्झौता

बेइजिङ । जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ।

एसियाका सर्वाधिक ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीचको सम्बन्धमा पछिल्ला वर्षहरुमा सुधार आएको छ । चीनका प्रधानमन्त्री ली केक्वाङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुबै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको बताउनुभयो ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक भएको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेको थिएन ।“मेरो विश्वास छ नियमित व्यापारले जापानी र चिनीया जनताबीचको सम्बन्धमा थप प्रगाढता आउनेछ,” प्रधानमन्त्री आबेले भन्नुभयो ।

त्यस अवसरमा चिनीया प्रधानमन्त्री लीले “अहिले, अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर छ, र अनिश्चितता बढ्दै गएको छ” भन्दै मुलुकहरुबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत गर्ने बताउनुभयो ।

प्रधानमन्त्री आबेका साथ जापानी कम्पनीसँग आबद्ध झण्डै एक हजार प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्री लीका अनुसार उक्त टोलीसँग २ अर्ब ६० करोड डलर बराबरका ५०० वटा सम्झौता भएका छन् ।दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् ।

जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ । चीनको राष्ट्रवादी रुझान राख्ने ग्लोबल टाइम्सले चीन–जापान सम्बन्धमा सुधार ल्याउन अमेरिकी प्रभाव सीमित रहेको जनाउँदै आगामी दिनमा बेइजिङ र टोकियोले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुअघि वासिङ्टनको विचारलाई आधार लिन थाले त्यो प्रभावकारी नहुने बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago