भारतबिरुद्ध नेपालको सान्दार जित

काठमाडौँ । एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो ।

पहिलो हाल बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले दुई गोल गर्न सफल भयो । नेपालका लागि रेखा पौडेलले खेलको ५९ आँै मिनेटमा गोल गरिन् । त्यसैगरी खेल सकिन दुई मिनेट बाँकी हुँदा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडन सफल भएको छ । नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।

कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago